हेटौँडा । पहिरोका कारण काठमाडौं जाने बैकल्पिक मार्गको रूपमा रहेको कान्तिलोकपथ र भिमफेदी–कुलेखानी सडकखण्ड अबरुद्ध बनेका छन ।कान्तिलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका ८ गगटे,कालोपहिरो र लेनडाडा सिमात खोला नजिकै भन्ने ठाउँमा बिहिबार दिउँसो पहिरो जाँदा बाटो अवरुद्ध बनेको खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । सडक अवरुद्ध हुँदा हेटौंडाबाट ठिङ्गन हुदै काठमाडौं जाने सवारी बाटोमै रोकिएका छन्। यता खुल्दै बन्दै हुदै आएको भिमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ । र्भखरै प्राप्त जानकारी अनुसार सडकखण्डको भिमफेदी–६जुरिखेत नजिकै पहिरो गइरहेकोले सडक खण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले बताएका छन। सडकमाथिबाट माटो र चट्टान सहितको पहिरो खसिरहेकोले तर्फी बाटो अवरुद्ध भएको,पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले निरीक्षक रायले बताए ।








