हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथको कन्तविजोग भएको छ । सञ्चालनमा आउने अपेक्षा सहित निमार्ण भइरहेको कान्तिलोकपथको पहिरोका कारण कन्तविजोग भएको हो । केही दिनदेखीको बर्षका कारण कान्तिलोकपथ अन्तरगत मकवानपुर ललितपुरका दुई दर्जन बढि क्षेत्रमा ठूला पहिरो गएर सडक भत्किनुका साथै पुर्ण रुपमा अवरुद्ध भएको छ । कतै पहिरो सडकमै थुप्रिएको छ भने कतै सडकमा बालुवा भरिएको छ ।ठिंगनदेखि जितपुर भञ्ज्याङसम्म आधा दर्जन बढि स्थानमा पहिरो गएको छ । सडकखण्डको बकैया–११ घट्टेपाखामा ठुलो पहिरो गएको छ ।पहिरोले सडकखण्को कालेपत्र पुर्ण रुपमा छोपिएको छ ।त्यसैगरी ललितपुरतर्फ टिका भैरवको पनि केही स्थानमा पहिरो गएको छ। यातायात तत्काल सुचारु गराउन निकै कठिन रहेको जनाइृएको छ ।काठमाडौ जान अन्य मार्गबाट असहज भएपछि उक्त मार्ग भएर काठमाडौँ हिडेका सवारी पहिरो गएपछि बकैया–११ घट्टेपाखाबाटे फर्किन बाध्य भएका छन।








