• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

कांग्रेस महाधिवेशनः टिम बनाउँदै देउवा, आफ्नैलाई फकाउँदै पौडेल

  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ ।

    कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले पनि महाधिवेशनको मैदानमा सभापतिका लागि अघि बढ्ने घोषणा गरिसकेका छन्

    इतर समूहलाई साझा उम्मेदवार छान्न सकस

    यसैगरी, संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि हालका महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ मैदानमा उत्रिने तयारीमा छन् ।

    यस्तै, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला पनि टिमसहित मैदानमा उत्रिने भन्दै तयारी गरिरहेका छन् ।

    सभापति देउवालाई उपसभापति निधि र नेता श्रेष्ठले चुनौती दिइरहेका छन् । तर, देउवा निधि र श्रेष्ठ दुवैलाई मनाउन प्रयासरत छन् । तर, पनि निधि ब्याक हुन तयार देखिएका छैनन् । श्रेष्ठले भने आफूलाई धोका नदिनेमा देउवा ढुक्क छन् ।

    संस्थापन इतर समूहका आकांक्षीहरू भने एकले अर्कालाई आरोप लगाउनमा नै व्यस्त छन् । इतर समूहबाट पौडेलले आफूले सबैलाई समेटेर अघि बढ्ने भन्दै सघाउन आफ्नै समूहका नेताहरूलाई निरन्तर आग्रह गरिरहेका छन् ।

    उनी गत बुधबार पूर्वमहामन्त्री सिंहलाई आफूलाई सघाउन आग्रह गर्दै उनको ठमेलस्थित निवास पुगेका थिए । यसैगरी, नेता शेखरसमेत शुक्रबार सिंहलाई फकाउन उनको निवास गएका थिए भने शनिबार महामन्त्री शशांक सिंहलाई फकाउन पुगेका थिए ।

    संस्थापन इतर समूहका नेताबीच शनिबार साँझसमेत समूहबाट साझा उम्मेदवार तय गर्ने विषयमा महामन्त्री कोइरालाको निवास महाराजगन्जमा छलफल भएको थियो । सो छलफलमा सबै आकांक्षीले आआफ्नै अडान दोहो¥याएपछि सहमति हुन सकेन ।

    करिब १ घण्टा भएको छलफलमा आकांक्षी सबैले आफ्नै नाममा सहमति गर्न आग्रह गरेका कारण सहमति जुट्न नसकेपछि पुनः छलफल गर्ने भन्दै शनिबारको छलफल अन्त्य गरिएको एक नेताले जानकारी दिए ।

    उपसभापतिमा आचार्य, केसी र भण्डारी खुले, अन्य खुल्दै
    कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा नेताहरू महेश आचार्य, बलबहादुर केसी र डा. चन्द्र भण्डारीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । विधानअनुसार दुई जना उपसभापति निर्वाचित हुन्छन् ।

    आचार्यले कांग्रेसलाई नयाँ गति दिन र वैचारिक रूपमा पार्टीलाई अघि बढाउन उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

    उनले उपसभापतिको नेतृत्वमा रहने कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत कांग्रेसलाई सशक्त र बलियो पार्टी बनाउन आफूले भूमिका निर्वाह गर्ने अठोट लिएका छन् । उनी कुन समूहबाट उम्मेदवार बन्ने भने तय भएको छैन ।

    यस्तै, नेता केसीले गृह जिल्ला सोलुखुम्बुबाट उम्मेदवारी घोषणा गरेका हुन् भने नेता भण्डारीले केही समयअघि नै उपसभापतिमा उठ्ने घोषणा गरिसकेका हुन् ।

    महामन्त्रीमा कोको छन् आकांक्षी ?
    कांग्रेसको महामन्त्री पदका लागि आठ जना आकांक्षी देखिएका छन् । महामन्त्रीमा संस्थापन समूहबाट बालकृष्ण खाँण, रमेश लेखक, डा. प्रकाशसरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद मैदानमा उत्रने तयारीमा छन् ।

    यसैगरी, संस्थापन इतर समूहबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । तर को कुन समूहबाट उम्मेदवार बन्ने भन्ने तय भइसकेको छैन । कांग्रेस विधानमा दुई महामन्त्री रहने व्यवस्था छ ।

    नेता थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा ३० भदौमा आयोजित एक कार्यक्रममार्फत महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए ।

    यस्तै, प्रवक्ता शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसर पारेर २४ भदौमा सुन्दरीजलस्थित बीपी संग्राहलयमा आयोजित कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेका थिए भने पौडेलले तनहुँ २ को शुक्लागण्डकी नगरपालिका–८ मा आयोजित एक कार्यक्रममा केही समयअघि महामन्त्रीमा उठ्ने उम्मेदवारी घोषणा गरेका थिए । सो क्षेत्र उनको आफ्नै निर्वाचन क्षेत्र हो । राजधानी दैनिकमा खबर छ ।

     

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.