• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

खेल क्षेत्रमा राज्यका तीनै तहले कम्तीमा दुई प्रतिशत बजेट विनियोजन गर्न माग

  •   बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल खेलकुद महासंघले खेल क्षेत्रको विकासका लागि राज्यका तीनै तहका सरकारले कम्तीमा पनि दुई प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ । खेलकुद र खेलाडीको वृत्ति विकासका लागि तीन वटै सरकारले आफ्नो बजेटको कम्तीमा दुई प्रतिशत बजेट विनियोजन गर्नुपर्ने महासंघले माग गरेको हो । महासंघले आज चितवनको नारायणगढमा पत्रकार सम्मेलन गर्दै मङ्सिर ५ र ६ गते काठमाडौँमा सम्पन्न महासंघको खेल नीतिको २२ बुँदे निष्कर्ष सार्वजनिक गरेको छ ।

    खेल नीति सम्मेलनमा सहभागीहरुको समूहगत तथा विज्ञहरुको छलफलबाट निकालिएको २२ बुँदेमा खेल र खेलाडीसँग सम्बन्धित विषयवस्तु समावेश गरिएको अध्यक्ष रमेशकुमार पौडेलले बताउनुभयो । खेलकुदलाई नागरिकको आधारभूत अधिकारको रुपमा अंगिकार गर्दै राज्यका ती वटै तहले दायित्व र कर्तव्यको विषय बनाउनुपर्ने, खेलकुद विद्यालय तथा विश्वविद्यालयको स्थापना गर्नुपर्ने, विद्यालयमा खेल प्रशिक्षकको अनिवार्य व्यवस्था गर्नुपर्ने, खेल क्षेत्रमा सबैको पहुँच पुु¥याउनुपर्ने, विद्यालय क्लब र स्थानीय समुदायबाटै खेलकुदको सुरुआत गर्नुपर्ने, खेलाडी प्राविधिक तथा प्रशिक्षक र खेल संघलाई राज्यले दिने सुविधा गर्नुपर्ने पौडेलले बताउनुभयो ।

    त्यस्तै २२ बुँदे निष्कर्ष सार्वजनिक गर्दै पौडेलले महिला सशक्तिकरणको मुख्य टुल्सको रुपमा खेलकुदलाई लिनुपर्ने, भेट्रान र प्रौढ खेलकुदको उठानका लागि समेत ध्यान दिनुपर्ने, पर्यटन प्रबद्र्धन लगानी र रोजगारको नयाँ क्षेत्रको रुपमा खेलकुदलाई लिन सकिने पौडेलले बताउनुभयो । खेल नीति सम्मेलनबाट आगामी १० वर्षभित्र एसियन तथा ओलम्पिक खेलमा पदक ल्याउने गरी तयारी गर्नुपर्ने, पारा स्पेशल र फरक क्षमता भएकाहरुलाई खेलकुदमा प्राथमिकता दिनुपर्ने, माउण्ट स्पोर्टस खेलको आयोजना नेपालले गर्नुपर्ने, चितवनलाई वाटर र बीच खेलको केन्द्र बनाउनुपर्ने लगाएका निष्कर्षहरु निकालिएको पौडेलले बताउनुभयो ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सामाजिक सुरक्षा र निवृत्तिभरणको ग्यारेन्टी गरिनुपर्ने पौडेलको भनाइ छ । मङ्सिरको पहिलो साता काठमाडौँमा भएको खेल नीति सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, विभिन्न् खेलका विज्ञ, विश्वविद्यालयका खेल प्रतिनिधि, राष्ट्रिय खेल संघका प्रतिनिधि, ओलम्पिक कमिटीका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्का तथा प्रदेश खेलकुद परिषद्का प्रतिनिधि, जिल्ला तथा पालिका खेलकुद विकास समितिका प्रतिनिधि, खेलकुद पत्रकार, पूर्व खेलकुद मन्त्री तथा राखेपका पूर्व सदस्य सचिवसहित देशभरबाट ५०० प्रतिनिधिको सहभागिता रहेको थियो ।

    सो सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । सम्मेलनमा सहभागीहरुलाई विभिन्न १० वटा समूहमा विभाजन गरी समूहगत छलफल तथा केन्द्रीय विज्ञ आयोगष्को छलफल पश्चात निकालिएको निष्कर्षलाई चितवनमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.