हेटौँडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरगढी ४ सामरीपुल नजिक सोमबार राती कन्टेनर ट्रक पल्टिएको छ। भैसेबाट हेटौंडातर्फ आउदैं गरेको बा ६ ख ५४९५ नम्बरको कन्टेनर ट्रक बिजुलीको पोलमा ठक्कर दिएर सडकछेउमा पल्टिएको हो।तिब्र गतिमा आएको ट्रकको ठक्करबाट पोल भाँचिएको छ, विद्युत प्रवाह भएको पोल भाँचिदा सामरी,आमभञ्याङ तर्फ विद्युत आपूर्ति बन्द रहेको छ।दुर्घटनामा मानविय क्षति भने नभएको र चालक फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ।








