• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

दोस्रो चरणमा कम गोल, थ्री स्टार स्तब्ध हुँदा आर्मीलाई धक्का

  •   मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित चार हजार दर्शकले खल्लो महसुस गरे ।

    समग्रमा दोस्रो चरण मच्छिन्द्र र आर्मीको खेलजस्तै रह्यो । पाँच खेलमा हार जित हुँदा दुई खेल बराबरीमा सकिएको थियो । यस चरणमा भने कुनै पनि टोलीले ठुलो अन्तरको जित निकाल्न सकेनन् । संकटा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा तीन गोल हुनु नै सबैभन्दा बढी गोल रह्यो ।

    पहिलो चरणमा १६ गोल निस्कदा दोस्रो चरणमा भने जम्मा सात गोल भएको छ। पहिलोे चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टारलाई १–० ले स्तब्ध बनायो । अघिल्लो खेलमा च्यासलविरुद्ध ३–० को जित निकालेको थ्री स्टार नवप्रवेशी सातदोबाटोसँग भने निरीह रह्यो ।

    दोस्रो खेलमा संकटा क्लब एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जित निकाल्यो । फ्रेण्ड्सको यो पहिलो हार हो । यता, संकटाको भने पहिलो जित हो ।

    दोस्रो चरणको दोस्रो दिनको खेलमा च्यासलले विभागीय प्रतिद्वन्द्धी एपीएफ फुटबल क्लबलाई १–० अन्तरले पराजित गर्यो । त्यसै दिन भएको दोस्रो खेलमा विदेशी खेलाडी आफिज ओलावालेको निर्णायक गोलमा मनाङ मर्सस्याङ्दी क्लबले आफ्नो लगातार दोस्रो जितलाई निरन्तरता दियो ।

    तेस्रो दिन भएको एक मात्रै खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै पुलिसले पहिलो जित निकाल्यो । वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा पुलिसले अपराजित यात्रा कायम राख्यो ।

    दोस्रो चरणको अन्तिम दिन उपाधिमा दावेदारी प्रस्तुत गरेको न्युरोड टिम (एनआरटी) ब्रिगेड ब्वाइज क्लब ९बीबीसी०सँग गोलरहित बराबरीमा रोकियो । यो बराबरीसँगै एनआरटीलाई उपाधि दावेदारीमा धक्का लागेको छ ।

    अन्तिम दिनको अन्तिम खेलमा भने आर्मी र मच्छिन्द्रले बराबरी खेल्दै अंक बाढे । यस नतिजासँगै मनाङलाई प्रत्यक्ष फाइदा भएको छ । मनाङले दोस्रो चरणमा दुई अंकको अग्रता बनाएको हो ।

    दोस्रो चरणको समाप्तीमा मनाङको दुई खेलबाट दुई गोलसहित ६ अंक भएको छ । समान चार अंक जोडेका संकटा, बीबीसी, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । समान तीन अंक जोडेका थ्री स्टार र च्यासल सातौँ र आठौँ स्थानमा रहँदा दुई अंक जोडेको आर्मी नवौँ स्थानमा छ ।

    समान एक अंक जोडेका हिमालयन शेर्पा, फ्रेण्डस् र एनआरटी क्रमशः दशौँ, एघारौँ र १२औँ स्थानमा छन् । यता, कुनै अंक जोड्न नसकेका जावलाखेल र एपीएफ रेलिगेसन जोनमा छन् । तेस्रो चरणका खेल शुक्रबारबाट सुरु हुने छन् ।

    दोस्रो चरणका नतिजा
    १. सातदोबाटो युथ क्लब १–० थ्रीस्टार क्लब
    २. संकटा क्लब २–१ फ्रेण्ड्स क्लब
    ३. च्यासल युथ क्लब १–० एपीएफ फुटबल क्लब
    ४. हिमालयन शेर्पा क्लब ०–१ मनाङ मस्र्याङ्दी क्लब
    ५. जावलाखेल युथ क्लब ०–१ नेपाल पुलिस क्लब
    ६. ब्रिगेड ब्वाइज क्लब ०–० न्युरोड टिम एनआरटी
    ७. त्रिभुवन आर्मी फुटबल क्लब ०–० मछिन्द्र फुटबल क्लब

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.