• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

मानवसेवा आश्रम चितवनले २८६ जनालाई पारिवारिक पुनर्मिलन गरायो

  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। मानवसेवा आश्रम चितवन शाखाले २८६ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । विसं २०७२ माघमा स्थापना भएको यस संस्थाले हालसम्म ६५९ जनालाई सेवा प्रदान गरेकामा उनीहरुमध्ये सो सङ्ख्यामा पारिवारिक मिलन गराएको हो ।

    आश्रममा आएर उपचारपश्चात् १९२ जनाले स्वेच्छाले आश्रम छाडेका छन् भने ९३ जनाको निधन भएको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो । सामुदायिक पुनःस्थापना भएका ५२ जना छन् । अहिले यस आश्रममा ६५ जना आश्रित छन् । सडकमा रहेका सहयोगापेक्षीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले हाल सात प्रदेशका १७ जिल्लामा आफ्ना शाखा स्थापना गरी काम गर्दै आएको छ । सत्र जिल्लामा २५ सेवाकेन्द्र स्थापना गरी काम गरिरहेको यस संस्थाले नौ जिल्लामा आफ्नै भवन निर्माणको काम सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

    विसं २०८२ भित्र खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलमा अतिकष्टपूर्ण जीवन बिताउनुपर्ने सहयोगापेक्षी सडक मानवमुक्त गर्ने लक्ष्यका साथ आश्रमले काम गर्दै आएको छ । यस संस्थाले १७ जिल्लामा छ हजार २७५ जनालाई सेवा प्रदान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तीमध्ये दुई हजार ४२५ जनाको पारिवारिक पुनर्मिलन, एक हजार ६६७ जना उपचारपश्चात् स्वेच्छाले आश्रम छोडेका र ६३४ जनाको मृत्यु भएको छ ।

    यस्तै ३५४ जनाको सामुदायिक पुनःस्थापना गरिएको र एक हजार ५६७ जना आश्रममा आश्रित रहेको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन शाखाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भरतपुर महानगरपालिका–३ बेलचोक नजिक निर्माणाधीन भवनमा १०० जना सहयोगापेक्षी राख्नसक्ने गरी भवन निर्माण गरिएको छ । समाजसेवी प्रेमकुमार श्रेष्ठ र स्व भगवानदाश श्रेष्ठको परिवारले उपलब्ध गराएको आठ कट्ठा जमिनमा भवन निर्माणको काम भइरहेको छ ।

    भवन निर्माण सम्पन्न गर्नका लागि यही मङ्सिर २६ गतेदेखि आगामी पुस ४ गतेसम्म श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ गर्ने लागिएको सो अवसरमा जानकारी दिइएको थियो । भवन निर्माणमा रु दुई करोड खर्च भइसकेको र अझै रु तीन करोड खर्च आउने सो अवसरमा जानकारी गराइएको थियो ।

    विसं २०८० सम्म शाखामा आफ्नै भवन निर्माण, विसं २०८१ मा रु ५० करोडको अक्षकोष स्थापना र विसं २०८२ मा राष्ट्रिय अभियानका रुपमा घोषणा अभियानलाई तीव्र पारिने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले पारिवारिक गैरजिम्मेवारीपन समाजमा बढ्दै जाँदा सहयोगापेक्षी बढेको बताउनुभयो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.