• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास

  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । गैँडा, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीले नियन्त्रणको माग गर्दैै वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायत क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायत वन्यजन्तुका कारण असुरक्षा बढेको भन्दै जनाबर बस्ती प्रवेशमा रोक लगाउनका लागि माग गरिएको हो । मध्यविन्दु–३ ब्रम्हस्थानका सूर्यप्रसाद पौडेलले गैँडा र बँदेलका कारण गाउँमा लगाइएको अन्नबाली नष्ट हुने गरेको बताए ।

    “निकुञ्जबाट आउने जङ्गली जनावरका कारण हामीले लगाएको अन्नबाली पूरै स्याहार्न पाउँदैनौँ”, पौडेलले भने, “दिउँसै बस्तीमा गैँडा पस्न थालेपछि हामीलाई कामधन्दा गर्न बाहिर निस्कन पनि समस्या हुन थालेको छ ।” विगत एक महिनादेखि यस क्षेत्रमा नियमित जस्तो दिउँसै गैँडा आउन थालेका छन् ।

    गाउँलेले जङ्गली जनावरलाई गाउँ छिर्न रोक्नका लागि मेसजाली लगाउने तथा फेन्सिङ वायर (विद्युतीय तारबार)को काम तुरुन्त गर्न मध्यविन्दु–३ वडा कार्यालयमार्फत मध्यवर्ती क्षेत्र, नगरपालिका र निकुञ्जको ध्यानाकर्षण गराएका छन् । जङ्गली जनावरका कारण गाउँमा त्रास फैलिँदासमेत निकुञ्ज र नजिकै भएको मध्यवर्ती समितिसमेत बेखबर बसेको भन्दै स्थानीयवासीले हस्ताक्षरसहित ध्यानाकर्षण गराएका हुन् । दिउँसै गाउँमा गैँडा पस्न थालेपछि यहाँका बासिन्दा काममा जानसमेत डराउन थालेका स्थानीयवासी बुद्धिराम बोटेले बताए ।

    चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको पहलमा यस क्षेत्रमा निकुञ्जबाट गैँडा, बँदेललगायत जनावर गाउँ पस्नबाट रोक्न विद्युतीय तार लगाइएको भए पनि तारको नियमित मर्मत सम्भार नहुँदा जनावर सजिलै गाउँ छिर्न थालेका स्थानीयवासी सुवास नेपालले जानकारी दिए । “नारायणी नदीको किनारैकिनार विद्युतीय तार त लगाइएको छ”, नेपालले भने, “तर, तारको नियमित हेरविचार नपु¥याउँदा तार ठाउँठाउँमा चुँडिएका छन्, त्यसकारण पनि जङ्गली जनावर सजिलै गाउँ छिर्ने गरेका हुन् ।”

    वडा कार्यालय, नगरपालिका तथा मध्यवर्ती क्षेत्र र निकुञ्जले गाउँको समस्या तत्काल समाधान नगरेमा वन्यजन्तु पीडित स्थानीयवासीले आफ्नो जिउधन रक्षाका लागि थप सशक्त आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने नेपालले बताए ।

    जङ्गली जनावरलाई गाउँ पस्नबाट रोक्नका लागि प्रभावकारी ढङ्गले काम गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । स्थानीयको समस्याका बारेमा आफूहरुलाई पहिले जानकारी नभएको उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले निकुञ्जका जनावर बस्ती पस्नबाट रोक्नका लागि काम गरिने बताए । रासस

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.