चितवन । चितवनमा नदीजन्य पदार्थ उत्खननमा संलग्न सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भरतपुरको भोजाड र जुटपानी एरियाबाट ट्रयाक्टर, स्काभेटर र टिपर गरी १० वटा सवारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको बिशेष टोलीले नदिजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न रहेका ३ वटा ट्रयाक्टर भोजाड एरियाबाट साथै २ वटा स्काभेटर, ४ वटा टिपर र १ वटा ट्याक्टर जुटपानी एरियाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार सवारीलाई नियन्त्रणमा लिई आवश्यक कारवाही लागी सम्बन्धीत निकायमा बुझाईएको छ ।








