• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

राखेपद्वारा हाइ पर्फमेन्स कमिटी गठन

  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ७ सदस्यीय हाइ पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप सदस्य–सचिव स्तरीय निर्णयअनुसार कमिटी गठन गरिएको हो ।

    सात सदस्यीय कमिटीको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक दीपकराज शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा खेल विज्ञद्वय पार्थसारथी सेन गुप्त र सुमन डिसी रहेका छन् । सचिवमा तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहाल छन् ।

    खेलकुदको माध्यमबाट के कसरी अन्तर्राष्ट्रिय स्तरमा सशक्त सहभागिता गराइ उल्लेख्य पदक प्राप्त गरी राष्ट्रको गौरव र प्रतिष्ठा आर्जन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भई खेल, खेलाडी, प्रशिक्षण र प्रतियोगिताको स्तरलाई स्वच्छ, निष्पक्ष र निर्विवाद रूपमा सुधार गरी आगामी दिनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सशक्त सहभागिताका लागि खेलकुदलाई समयानुकूल सुधार गर्दै उद्देश्य प्राप्तिसहितको अन्तर्राष्ट्रिय सहभागिता अत्यन्त आवश्यक देखिएको हुँदा राखेपमा उपयुक्त प्रतिवेदन पेस गर्न ९ बुँदे कार्यादेश (टीओआर) सहित कमिटी गठन गरिएको हो ।

    कार्यादेशमा आगामी एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने सम्भावित खेलगत पुस्ट्याइँ र संख्या निर्धारण, एसियाली खेलकुदमा नेपालले खेलगत रूपमा सहभागी हुने खेलाडी संख्याको पुस्ट्याइँसहित निर्धारण गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने खेलगत खेलाडीको स्वच्छ, निष्पक्ष र निर्विवाद रूपमा उत्कृष्ट खेलाडी छनोट गर्ने, राष्ट्रिय टिम तयारीका लागि निष्पक्ष रूपमा दक्ष प्रशिक्षकको छनोट गर्ने, बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीहरूको प्रशिक्षण पद्धतिको अनुगमन निरीक्षण गरी प्रशिक्षणको क्रममा देखिएका त्रुटिलाई सुधार गरी नतिजामूलक तयारी, राखेपबाट उपलब्ध हुने सेवा सुविधालाई समयानुकूल सुधार गरी नियमित बनाइ व्यवस्थापन गर्ने, खेलकुदको प्रशिक्षण क्रममा अति आवश्यक प्रशिक्षण सामाग्री र पद्धतिको पहिचान गरी सोको उचित व्यवस्थापनका लागि सिफारिस गर्ने, राष्ट्रिय खेल सङ्घहरूसँग आवश्यक समन्वय गर्ने र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समन्वय कायम गर्ने सम्बन्धमा रहेका छन् ।

    कमिटीको सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले आवश्यक छलफल गर्न राष्ट्रिय खेल संघलाई बैठकका लागि आमन्त्रण गर्ने निर्णय गरेको सचिव दाहालले जानकारी गराए ।

    बैठकमा सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय सहभागिताको नतिजामा सुधार, खेलाडी छनोट तथा खेलको पुस्ट्याइँ, खेलाडी छनोट त्रुटिरहित हुनु पर्ने, प्रशिक्षकको स्तर वृद्धि र कुरा भन्दा नतिजामुखी काममा ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.