मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको बिकट राक्सिराङ गाउँपालिकामा लगाईको अफिम खेती नष्ट गरेको छ । बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक सुमन बानियाँको कमाण्डमा ६० जनाको प्रहरी टोलीले लागूऔषध गाँजा र अफिम खेती नष्ट गरेको हो ।
बिहिबार राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र ५ को रानीवन, बाङकिङ, ताङद्राङ र रानीघाट क्षेमा लागूऔषध गाँजा खेती २० बिगाहा र अफीम ५ बिगाहा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, यसअघि गाँजा खेती गर्ने उक्त स्थानमा प्रहरीले गाँजा नष्ट गरेपछि किसानले अफिम खेती गर्न थालेका छन् ।








