हेटौंडा । मकवानपुरको हेटौंडामा स्कुटर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ स्थित सिपालीचोकमा गएराति हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परेर स्थानीय २५ वर्षीय सुमन बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पातलामा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कुटर चालक र पछाडी चढेका एक जना गरी दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।








