• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा चार करोड बढी आर्थिक सङ्कलन

  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण सम्पन्न गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा रु चार करोड बढी आर्थिक सङ्कलन भएको छ । आश्रमले सोमबार भरतपुर–३ नारायणगढस्थित निर्माणाधीन भवनमा पत्रकार सम्मेलन गर्दै महायज्ञबाट रु चार करोड पाँच लाख ५९ हजार २१४ सङ्कलन भएको जनाएको हो ।

    पत्रकार सम्मेलनमा मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सेनाले महायज्ञका क्रममा रु एक करोड ८५ लाख ७४ हजार ९६८ नगद सङ्कलन भएको जानकारी दिनुभयो । त्यस्तै रु दुई करोड १९ लाख ८४ हजार २४६ बोलकबोल भएको तिमिल्सेनाको भनाइ छ । बोलकबोल भएको रकममध्ये पनि करिब रु एक करोड बराबरको चेक भएको र बाँकी रकम फागुनभित्र दिने प्रतिबद्धता भएको तिमिल्सेनाले बताउनुभयो ।

    मानवसेवा आश्रमको भवन निर्माणका लागि ३३ जनाले एक कोठा बराबरको रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका तिमिल्सेनाको भनाइ छ । उहाँका अनुसार कोठा अभियानका लागि रु एक करोड ७३ लाख ५३ हजार ५५२, कलश दानबाट रु ९१ हजार ७१० सङ्कलन भएको छ । गत मङ्सिर २६ देखि पुस ४ गतेसम्म सञ्चालन भएको महायज्ञ सम्पन्न गर्न रु ४१ लाख सात हजार ४६२ खर्च भएको तिमिल्सेनाले बताउनुभयो ।

    मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले भवन निर्माणका लागि रु दुई करोड खर्च भइसकेको भन्दै रु एक करोड सहकारीबाट ऋण लिएको बताउनुभयो । “हामीले चितवनमा आश्रम भवन बनाउन सहकारीबाट एक करोड ऋण लिएका थियौँ”, अधिकारीले भन्नुभयो, “५० लाख बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट सहयोग आएको थियो बाँकी रकम मानवसेवा आश्रमको केन्द्रीय कार्यालयबाट सापटी लिएर काम गरेका थियौँ ।” महायज्ञबाट सङ्कलन भएको रकमबाट सहकारीको ऋण तिरेर बाँकी रकमले भवन निर्माण सम्पन्न गरिने अधिकारीको भनाइ छ ।

    पुस १५ बाट महाकाली–मेची यात्रा

    मानवसेवा आश्रमले यही पुस १५ देखि महाकाली–मेची यात्रा सुरु गर्ने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । जाडो महिनामा सडक किनारमा धेरै मानिसले रात बिताउने गरेका भन्दै अधिकारीले उनीहरुको उद्धारका लागि महाकाली–मेची यात्रा सुरु गर्न लागेको बताउनुभयो । “हामीले गत वर्ष मेचीबाट यात्रा सुरु गरेका थियौँ, त्यसबेला हामीले सडकबाट ७५० जनाको उद्धार गरेका थियौँ”, अधिकारीले भन्नुभयो, “यस वर्ष महाकालीबाट यात्रा सुरु गर्दैछौँ । हाम्रो यात्रा १७ दिनमा पूरा हुन्छ ।”

    यात्राका क्रममा राजमार्ग छेउमा पर्ने स्थानीय तहहरूसँग मानवताका बारेमा र सहयोगापेक्षी सडक मानवका विषयमा अन्तक्र्रिया गरिने अधिकारीले बताउनुभयो । महाकाली– मेची यात्राका लागि दुईवटा टोली निर्माण गरिएको भन्दै उहाँले मुख्य टोलीमा १५ जना सहभागी हुने जानकारी दिनुभयो । “हाम्रो १५ जनाको टोलीले पूर्वपश्चिम राजमार्ग र नजिकैका मुख्य बजार क्षेत्रमा यात्रा गर्नेछ”, अधिकारीले भन्नुभयो, “अर्को टोलीले राजमार्गबाट उत्तरतर्फ भएका काठमाडौँ, पोखरालगायतका सहरमा यात्रा गर्दै सहयोगापेक्षी सडक मानवको उद्धार गर्नेछ ।”

    महाकालीबाट मेचीसम्मको यात्राका क्रममा राजमार्ग वरिपरिका मानवसेवा आश्रमका विभिन्न ११ वटा जिल्ला शाखाको भ्रमणसमेत गरिने अधिकारीले बताउनुभयो । सडक किनारबाट उद्धार गरिएका सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेर जिल्ला शाखामा व्यवस्थापन गरिने अधिकारीले बताउनुभयो । मानवसेवा आश्रमले देशका सातवटै प्रदेशका १७ जिल्लामा २५ वटा शाखा सञ्चालन गरेको छ ।

    • मानवसेवा आश्रम चितवन

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.