चितवन । खैरहनी नगरपालिकामा रहेको भुवानीशंकर बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको कमिटी गठन भएको छ ।
कमिटीको अध्यक्षमा सुजित चौधरी, उपाध्यक्षमा अनुप पन्त, सचिवमा रेखा कँडेल, सहसचिवमा अनिशा गदार, विश्वास लामिछाने, आयुश भट्टराई र कोषाध्यक्ष सुजन उप्रेती निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य जेएन थपलिया रहेका थिए ।








