हेटौँडा । हेटौँडा–४ संचयकोष पछाडीको सडकमा हाइलक्स र बोलेरो ठक्कर खाँदा एकजना घाइते भएका छन । संचयकोष अफिसको उत्तरपट्टीको सडकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १५ च ६६५२ नम्बरको हाईलक्स कार र उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ५ च ५९६ नंम्बरको कुखुरा बोक्ने बोलेरो गाडी एक आपसमा ठक्कर खाँदा एकजना घाइते भएको वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक इश्वरी प्रसाद भण्डारीले बताएका छन । ठक्करबाट हेटौँडा–७ किरणचोक बस्ने अन्दाजी ३० बर्षीय बोलेरो चालक कृष्ण तामाङ घाइते भएको र उपचारपछी हेटौडा अस्पतालबाट डिस्चार्ज भएको वडा प्रहरीले जनाएको छ ।दुवै सवारी साधन वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ ।








