• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

क्यान-खेलाडी विवाद सहमतिउन्मुख भएसँगै क्रिकेट प्रशिक्षण सुरु

  •   सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच भएको विवाद सहमति उन्मुख भएसँगै आगामी आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपालको प्रशिक्षण सुरु गरेका हुन् । दोस्रोपटक नेपाली टोली हेर्दै गरेका पुबुदुले पहिलो दिन १४ खेलाडीलाई मैदानमा प्रशिक्षण गराए । ६ खेलाडी होटलमा रहँदा नाै खेलाडीले भने पीसीआर नगरेको र भाेलिसम्म पीसीआर नेगेटिभ आए प्रशिक्षणमा उपलब्ध हुने जानकारी गराएका छन् ।

    यसअघि २९ मंसिरमा क्यानको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोपमा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त र दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना २०२२ को सेन्ट्रल कन्ट्रयाक (केन्द्रीय सम्झौता) मा नराख्ने निर्णय लिएको थियो । यस्तै क्यानले नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

    यसपछि विवाद सतहमा आएसँगै चार खेलाडीलाई समर्थन गर्दै अन्य खेलाडीले समेत क्रिकेट प्रशिक्षणमा नफर्कने क्यानलाई बताएका थिए । प्रशिक्षक पुबुदुले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा १४ खेलाडीमात्रै सुरुआती प्रशिक्षणमा सामेल भए । केही खेलाडी भने हिजो रातिमात्रै मोफसलबाट आएर होटल रिपोर्ट गरेका थिए ।

    सोमबारको बिहानी अभ्यास सत्रमा भने निवर्तमान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, करण केसी, अभिनाश बोहरा, रोहितकुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोरा गरी नाै खेलाडी भने पीसीआर नगरेकाले टोलीमा उपलब्ध नहुँदा कप्तान सन्दीप लामिछाने विग बास लिग खेल्न अस्ट्रेलियामा छन् ।

    हिजो (आइतबार) मात्रै कप्तान ज्ञानेन्द्र, क्यान अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल र प्रशिक्षक पुबुदु दासानायकेसहितको टोलीकाे औपचारिक बैठकपछि खेलाडी खेल्न तयार भएका हुन् । बैठकमा ज्ञानेन्द्रले आफ्ना समकक्षी साथीहरूसँग सल्लाह गरेर ९ बजे प्रशिक्षणमा सामेल हुने बताएकाथिए । त्यसअघि ज्ञानेन्द्रले आफ्नो कप्तानीसहित ६ महिनाको कारबाही फिर्ता हुनुपर्ने माग राखेका थिए । तर क्यानले कुनै पनि हालतमा कप्तानी फिर्ता नहुने र ६ महिने कारबाही फिर्ता लिने सहमती भएसँगै खेलाडी खेल्न तयार भएका हुन् ।

    ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म ओमानमा आयोजना हुनेछ । समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

    रिपोर्टिङ गरेका २० खेलाडीहरू : 

    शरद भेषवाकर, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, आसिफ शेख, शाहब आलम, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, प्रदीप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.