हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले शनिबार विहान हेटौँडा-१ भैरवडाँडामा रहेको पाथीभरा मन्दिर जाने सिंढीको बाटोको सरसफाई गरेको छ। मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि विष्णु ढकालको नेतृत्वमा गएको ट्राफिक प्रहरीले उक्त सिंढीको बाटोको सरसफाई गरेको हो।बाटो वरपर फोहोर जम्मा भएको र पानी पर्दा खसेको लेदो माटोका कारण अवतजावतमा समस्या परेकोले बाटोको सरसफाई गरिएको ट्राफिक प्रहरी प्रमुख ढकालले बताएका छन्।








