चितवन । चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै र्याली निकालेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनको आयोजनामा आज (सोमबार) चितवनका सुकुम्बासीहरूले र्याली निकालेर प्रदर्शन गरेका हुन् ।
र्यालीमा बसोबासको आधारमा लालपुर्जा व्यबस्था गर, चुनाव भन्दा अगाडि लालपुर्जा नदिए चुनाव बहिस्कार, एक हातले लालपुर्जा, अर्को हातले भोट, नो लालपुर्जा नो भोट, जनतालाई ढाट्न पाईदैन, सेतो लालपुर्जा चाहिदैन, तत्काल लालपुर्जाको लागि पहल गर भन्दै प्रदर्शन गरेका थिए । नारायणगढको लायन्सचोकबाट निकालिएको र्याली हाकिम चोक, चौबिसकोठी, पारस बर्सपार्क हुँदै जिल्ला प्रशास कार्यलयको गेट अगाडि पुगेर कोण सभा भएको थियो ।
आउँदाे चुनावअघि नै लालपुर्जा वितरणको काम थाल्न दबाब दिने उद्देश्यले जनजागरण तथा खबरदारी कार्यक्रम गरिएकोनेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका जिल्ला अध्यक्ष छबिलाल देवकोटा बताए । र्यालिमा चितवनका विभिन्न स्थानका सुकुम्बासीहरुको उपस्थिती रहेको थियो ।








