• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

रत्ननगरको नगर सभा: गौरवका योजना निर्माणमा सफल भएको निष्कर्ष

  •   बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकाले विहीबार दसौं नगर सभा गरेको छ । नगर सभाले एउटा ऐन,तीन वटा कार्यविधि र १७ वटा योजनाहरु शिर्षकान्तर गरेको छ । नगर सभाले वाताबरणीय तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७८,विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि,एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन कार्यविधि,गरिव घरपरिवार तथा परिचयपत्र वितरण कार्यक्रमका लागि करारमा सुपरिबेक्षण तथा गणक व्यवस्थापन कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।

    शिर्षकान्तर गरिएका १७ वटा योजनामा अधिकाँस विकास निर्माण तर्फका छन् । जनप्रतिनिधिको पाँच बर्षे कार्यकालको अन्तिम नगर सभाको रुपमा रहेको सो नगर सभामा मेयर नारायण वनले नगरको विकासका लागि गरेका महत्वपूर्ण योजनाहरु नगरसभामा सार्वजनिक गरेका छन् । टाँडी बजारमा आकासे पुल निर्माण,सौराहाचोकमा बसपार्क निर्माण,पाँच वटा समुदायिक विद्यालयमा प्राविधिक शिक्षा,रत्ननगर अस्पताललाई स्तरोन्नति गरी भौतिक पूर्वाधार निर्माण,ज्येष्ट नागरिक तथा बृद्धबृद्धाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान,बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा,सुत्केरी पशुलाई भत्ता,इको कल्चरल पार्क,निकुञ्ज छेउमा बसोबास गर्ने समुदायका निशुल्क बीमा गरिएको मेयर वनले बताए ।

    नगरलाई खरको छानो मुक्त बनाउन जस्तापाता वितरण,विपन्नको लागि शौचालय निर्माण,विपन्न तथा सुकुमबासीलाई घर निर्माण,नगरप्रमुख उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत विना धितो,विना व्याज कर्जा लगानी गरिएको उनले बताए । सौराहामा एक हजार ५०० क्षमताको सभाहल,रत्ननगर अस्पतालमा मातृशिशु अस्पताल निर्माणाधिन अबस्थामा रहेको र वडा नं ८ मा वाटर किङडम निर्माणको लागि ठेक्का सम्झौता भइसकेको मेयर वनले बताए ।

    सौराहामा पर्यटकीय बसपार्क निर्माणको लागि सरकारले बजेट विनियोजन गरिसकेको भन्दै स्थानीय समुदायसंग सहकार्य गरेर त्यो काम तत्काल सुरु गर्ने योजना रहेको उनले बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले न्यायिक समिति,राजश्व परामर्श समिति र अनुगमन समिति मार्फत भएका कामको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । स्थानीय स्तरमा न्याय सम्पादन तथा राजश्व संकलनमा समितिले अर्थपूर्ण रुपमा काम अगाडि बढाएको बताइन ।

    नगर सभामा विधायन समितिका संयोजक तिलकराज शर्मा,आर्थिक विकास समितिका संयोनक गुप्तनाथ भट्टराई,पूर्वाधार निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठ,लेखा समितिका संयोजक लालबहादुर भट्ट,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक चित्रबहादुर भण्डारी,वन तथा वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वलराम दाहालले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर सभाले साढे ४ बर्षमा गौरबका योजना निर्माणमा सफलता हासिल गरेको निष्कर्ष निकालेको छ ।

     

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.