• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

मछिन्द्रलाई चार अंकको अग्रता लिने अवसर, पुलिसलाई मौका

  •   आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  दाबेदार मनाङ मर्स्याङ्दी क्लब नवप्रवेशी सातदोबाटो युथसँग १–० ले स्तब्ध भएपछि जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ ।

    आइतबार हुने लिगको दुईमध्ये पहिलो खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको १ बजे हुने खेलमा मछिन्द्रको योजना हुनेछ, तीन अंक र गोलअन्तरमा सुधार ।

    गत हप्ता च्यासलविरुद्धको ५–० को जितसँगै मनाङले गोल अन्तरसमेत राम्रो बनाएको छ । आज मछिन्द्र समेत यही लक्ष्यमा हुनेछ ।

    अग्रंपक्तिमा बलियो देखिएको मछिन्द्रले विमल घर्तीमगर, अभिषेक रिजाल, मनिष डांगी, कप्तान सुजल श्रेष्ठ, विदेशी खेलाडी नुर्लानबाट यही आशा गरेको छ ।

    पहिलो खेलमा न्युरोड टिम एनआरटीविरुद्ध ५४औं मिनेटमा फ्रिकिकमा गोल व्यहोरेको मछिन्द्र त्यसयता गोल व्यहोरेको छैन । गोलरक्षक विशाल श्रेष्ठसमेत उच्च लयमा छन् ।

    यता, बीबीसीसमेत अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ । युवा खेलाडीले भरिएको बीबीसी मछिन्द्रलाई रोक्दै अंकतालिका सुधार गर्नेतर्फ ध्यान दिनेछ । पछिल्लो खेलमा बीबीसीले नेपाल पुलिस क्लबलाई रोकेको थियो ।

    जारी लिगमा ८ खेल खेलेका मछिन्द्र अपराजित छ । २० अंकसहित मछिन्द्र शीर्षस्थानमा छ । यता, बीबीसी समान खेलबाट ६ अंक जोड्दै १२औं स्थानमा छ ।

    आजै दोस्रो खेलमा विभागीय नेपाल पुलिस क्लबले च्यासल युथ क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा पौने ५ बजे सुरु हुने खेलमा दुबै टोलीको लक्ष्य जितबाहेक विकल्प छैन ।

    जारी लिगमा पेपरमा औसत बलिया देखिएका दुबै टोलीले आशालाग्दो प्रदर्शन दिन सकेका छैनन् । दुबै टोली रेलिगेशनको संघारमा छन् । दुबैको लक्ष्य तीन अंक लिने र रेलिगेशन जोनबाट टाढा बस्ने रहेको छ ।

    युवा प्लेमेकर राम वाजीको कप्तानीमा उत्रने पुलिसलाई कुनै खेलाडीको समस्या छैन । अघिल्लो खेलमा निलम्बनमा रहेका तेज तामाङ टोलीमा पुनरागमन गर्नेछन् ।

    च्यासललाई भने कोरोनाले सताउने छ । डिफेण्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदीप भण्डारीलाई कोरोना देखिएको छ । यस्तै टोलीमा अन्य खेलाडीकोसमेत स्वास्थ ठिक नभएको क्लबले जनाएको छ ।

    जारी लिगमा पुलिस ८ खेलबाट ७ अंक सहित ११ औं स्थानमा छ । च्यासल भने समान खेलबाट ५ अंकसहित १३ औं स्थानमा छ ।

    १४ क्लब सहभागी लिगमा पुछारका २ टोली भने बी डिभिजन लिगमा घटुवा हुनेछन् ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.