• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

नेपालमा रेडियो कलर जडान गरेको गोहीहरू कसरी पुग्छ भारत !

  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ । उक्त घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव भन्नुहुन्छ, “अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन केन्द्रले रेडियो कलर जडान गरेर राप्ती नदीमा छाडेको गोही भारतको पटना पुगेको थियो तर त्यहाँ त अमेरिकी जासुस भनेर अनावश्यक चर्चा भएछ ।”

    यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो । गोहीको यो यात्रा अचम्मको थियो । लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुनाउनुहुन्छ । “प्रजनन केन्द्रले छाडेका ६१ दिनमा हुग्लीमा पहिलो र १२० दिनमा महानन्दीमा दोस्रो घडियाल भेटिएका थिए”, उहाँले भन्नुभयो । ती दुवै गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर २०७४ चैत ४ गते राप्ती नदीमा छाडिएका थिए ।

    यी घटनाले नेपालको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएका गोही धमाधम भारत पुगिरहेको देखाउँछ । तर कति भारत पुगे भन्ने यकिन तथ्याङ्क छैन । यसरी बगेका गोहीलाई नेपाल फर्काउन नसकिने अवस्था पनि छैन । विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइने सरिसृप हो । नारायणी र राप्तीबाहेक बबई, कोसी र कर्णालीमा पनि यो गोही भेटिन्छ । नेपालमा पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जले सन् १९७८ मा घडियाल प्रजनन केन्द्र स्थापना गरी गोही प्रजनन र सन् १९८१ देखि नदीहरूमा छाड्न थालेको हो । हुर्काइएकामध्ये एक हजार ५९७ गोही नेपालका नदीहरूमा छाडिएका छन् ।

    सबैभन्दा बढी चितवनको राप्ती नदीमा ९५२ गोही छाडिएका छन् । पछिल्लो पटक यस नदीमा गत मंसिर १९ गते १२ वटा घडियाल छाडिएका छन् । यस्तै नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० वटा गोही छाडिएका छन् । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् । यो दुई वर्षअघि अर्थात सन् २०२० को गणनाको तथ्याङ्क हो । यद्यपि अहिले राप्ती र नारायणीमा गरी २४० देखि २५० घडियाल रहेको विज्ञहरूको दाबी छ ।

    यस तथ्यलाई हेर्दा हाम्रा नदीमा छाडिएका गोही दक्षिणतिर गएको देखिने विज्ञ खड्का बताउनुहुन्छ । “हाम्रा गोही बगेर गइरहेका छन्, फर्केका छैनन् र फर्कने सम्भावना पनि छैन”, उहाँले भन्नुभयो, “गोहीले दुई देशबीचको राजनीतिक सिमाना चिन्दैन, निस्फिक्री नदीमा विचरण गर्छ, विशेष गरी वर्षाका बेला बाँध खोलिँदा भारत बगेर गएका गोही पछाडि फर्कन नसकेका हुन् ।” प्रमुख संरक्षण अधिकृत एवं इकोलोजिस्ट हरिभद्र आचार्य पनि भारत पुगेका गोही फर्कने सम्भावना देख्नुहुन्न । “यसको प्रमुख कारण नदीहरूमा नेपाल भारतका सीमा क्षेत्रमा बनाइएका बाँधहरू नै हुन्”, उहाँको तर्क पनि उस्तै छ ।

    उहाँ भन्नुहुन्छ, “नेपालका नदीहरूको तल्लो तटीय क्षेत्र (तराईको भाग) गोहीका लागि राम्रो बासस्थान मानिन्छ । त्यसैले गोही परापूर्व कालदेखि नै नेपाल र भारत निर्बाध रूपमा आउने जाने गर्थे, अहिले बाँध र नहरले त्यो रोकिँदा समस्या भयो ।” गोही ‘सिजनल माइग्रेसन’ गर्ने जलचर भएकाले पनि नेपाल भारत ओहोरदोहोर गर्ने उहाँको भनाइ छ । विज्ञहरूको अनुमानमा नेपालले छाडेका ७५ प्रतिशत गोही अहिले भारतका नदीमा छन् । यो सबैभन्दा बढी गङ््गा र त्यससँग जोडिएका अन्य शाखा नदीमै भएको अनुमान गरिन्छ । केही वर्षअघि भारतको गण्डक नदी (नेपालबाट बग्ने नारायणीलाई भारतमा गण्डक भनिन्छ)मा मात्रै २३९ वटा गोही भेटिएको विज्ञ खड्का सुनाउनुहुन्छ ।

    विश्वमै सङ््कटपूर्ण अवस्थामा रहेको गोहीलाई नेपालमा प्रजनन केन्द्र बनाएर पनि जीवित राख्ने प्रयास हुनु राम्रो पक्ष हो । नेपालमा चितवन राष्ट्रिय निकुञ्जबाहेक पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा पनि घडियाल गोहीको प्रजनन केन्द्र छ । तर करोडौँ खर्च गरेर नेपालमा हुर्काइएका गोही नेपालमै रोक्न जरुरी छ । विश्व वन्यजन्तु कोषका परामर्शदातासमेत रहनुभएका निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत यादव भन्नुहुन्छ, “सीमा क्षेत्रमा रहेका नदीका ब्यारेजहरूमा सहजै जलचर ओहोरदोहोर गर्नसक्ने ‘फिस ल्याजर’को व्यवस्था गरेर भए पनि बगेर गएका घडियाललाई फर्कनसक्ने वातावरण मिलाउन जरुरी छ ।”वसन्त पराजुली /गोरखापत्र दैनिक

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.