हेटौँडा। प्रहरीले हेटौंडामा करिब दुई केजी लागु औषध अफिम राक्सिराङ गाउँपालिकाका एकजनालाइ पक्राउ गरेको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्युरो–एनसिबीले हेटौंडा उपमहानगरपालिका ११ थानाभ¥याङबाट १किलो ९५० ग्राम अफिम सहित राक्सिराङ गाउँपालिका(३ देविटारका ३५ वर्षीय पदमबहादुर थिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। पक्राउ परेका थिङ माथि थप अनुसन्धान भइरहेको डिएसपी राानाले बताएका छन्।








