कुरिनटार । चितवनको इच्छाकामनाका सुकुम्वासीहरुले लालपुर्जा वितरणका लागि गाउँपालिकाले ढिला गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । आज गाउँपालिका कार्यालयमा उपस्थित भइ सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले अध्यक्ष गीता कुमारी गुरुङलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
चितवनका अन्य स्थानीय तहमा लाल पुर्जा वितरण कार्य सुरु हुन लाग्दा समेत इच्छाकामना गाउँपालिकामा अझै अन्यौलता भएको भन्दै उनिहरु आक्रोशित भएका छन् । images गाउँपालिकाले समयमै सुकुम्वासीको तथ्याङ्गक मन्त्रालयमा नबुझाएकोले ढिला भएको उनिहरुको भनाई छ । जतीसक्दो चाँडो लालपुर्जा वितरण हुने अवस्था नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । गाउँपालिकालाई चाडौँ सम्झौता गर्न दबाब स्वरुप ज्ञापनपत्र बुझाएको उनिहरुले बताएका छन् ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले आफुहरु जती सक्दो चाडोँ लाल पुर्जा वितरण गर्न लागी परेको बताउनुभयो । उहाँले अव्यवस्थित तथा सुकुम्वासीहरुको धेरैको नागरिकता समेत नहुदाँ नागरिक बनाउँदा सिफारिस लागयतका झन्झटिलो कारण अन्य ठाउँ भन्दा इच्छाकामनामा केही ढिला भएको स्वीकार गर्नुभयो । वेवसाइटमा अनलाईन इन्ट्रि गर्ने क्रममाबिचमै सुकुम्वासी आयोग विगठन भएपछि ढिला भएको उहाँको भनाइछ । उपाध्यक्ष कृति कुमार श्रेष्ठले सबै पालिकामा एकैपटक वितरण नहुने भएका कारण पहिलो चरणमा छुटेको बताउनुभयो ।
उहाँले आफुसमेत केन्द्रमा निरन्तर सम्पर्कमा रही बुझिरहेको बताउँदै देशभर केही जिल्लाका केही स्थानीय तहमा मात्र अहिले वितरण हुने र बाँकी पालिकामा पनि चाडैँ वितरण हुनेभएकोले केही स्थानीय तहमा मात्र परेको बताउनुभयो । चाडैँ लालपुर्जा पाउनेमा कुनै शंका नगर्न अनुरोध गर्दै फागुनभित्रै लाल पुर्जा पाउने बताउनुभयो ।
लगत संकलन इकाई इच्छाकामना संयोजक हरि देवकोटाले अनलाइनमा इन्ट्रि गर्ने क्रममा बिचमै सुकुम्वासी आयोग नै विघठन भइ वेबसाइट बन्द भएपपछि ढिला भएको बताउनुभयो। उहाँले केन्द्रमा निरन्तर सम्पर्कमा रहेको र जती सक्दो चाँडो लालपुर्जा वितरण गरिने बताउनुभयो ।








