• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

गैंडा मृत्यु प्रकरण : घटनाको छानबिन गर्न कार्यदल गठन, कार्यदलले १० दिनमा प्रतिवेदन दिने

  •   मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । निर्माणाधीन छ लेनको गोन्द्राङ–पुलचोक सडकमा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएपछि सरकारले त्यसको छानबिन गर्न कार्यदल गठन गरेको छ । टिकौली जंगल नजिकै सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर आइतबार एउटा भाले गैंडाको मृत्यु भएको थियो ।

    निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक विस्तारको क्रममा खनिएको खाल्डोमा फसेर दुर्लभ एकसिंगे गैंडा मरेपछि वन तथा वातावरण मन्त्रालयले घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

    मंगलबारको मन्त्रिस्तरिय निर्णयबाट १० दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी जनाएको हो ।

    कार्यदलको सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत पदमराज नेपाल रहेका छन् ।

    कार्यदलले स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्नेछ । त्यस्तै, सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्था, सडक निर्माणका क्रममा को कसको कस्तो जिम्मेवारी, गैंडाको मृत्यु हुनेगरी भएको लापरबाहीको को जिम्मेवारी र कारबाही गर्नुपर्ने भए सोको राय सहितको सुझाव पेस गर्न कार्यदललाई भनिएकाे छ ।

    हात्तीको गोबरसहित विवेकशील साझाको विरोध

    सरकारी लापरबाहीका कारण दुर्लभ एकसिंगे गैंडाको मृत्यु भएको भन्दै विवेकशील साझाले मंगलबार भरतपुर महानगरपालिकाको मूख्य गेटमा हात्तीको गोबरसहित विरोध प्रदर्शन गरेको छ ।

    विवेकशीलका नेता कार्यकर्ताले महानगरको गेटमा हात्तीको गोबर र ब्यानरसहित गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । वन्यजन्तुको संरक्षणको माग गर्दै शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।

    ‘शान्तिपूर्ण प्रदर्शनमा आएर प्रहरीले हात हाल्ने र धकेल्ने काम गर्‍यो । हामीले त्यसको प्रतिवाद गर्‍यौँ र क्षेत्राधिकार बाहिर नजान आग्रह पनि गर्‍यौँ’, उनले भने ।

    प्रहरीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर आफूहरूको शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको उनको भनाइ छ । शान्तिपूर्ण आन्दोलनमा आएर हात हाल्ने र धकेल्ने काम प्रहरीले गर्न नपाउने उनी बताउँछन् । विवेकशीलले ‘फ्रिडम फर अल, जस्टिस फर एनिमल्स’ र ‘विकास कार्यमा वन्यजन्तुको संरक्षण’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेको हो ।

    प्रहरीको हस्तक्षेपका बीच विवेकशीलले महानगरकी उपमेयर पार्वती शाह ठकुरीलाई ज्ञापनपत्र बुझाएको छ । लापरबाहीका कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुनु दुखद् भएको बताउँदै ठकुरीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

    चितवन राष्ट्रिय निकुञ्जले पनि सडक निर्माणकर्ताको लापरबाहीकै कारण गैंडा मरेको बताएको छ । गैंडा मरेको स्थान निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएको र त्यहाँ भौतिक संरचना निर्माण गर्दा निकुञ्जको स्वीकृति र अनुमति केही नलिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताएका छन् ।

    गैंडा मर्नुमा सडक डिभिजन र ठेकेदार दुवैको लापरबाही रहेको निकुञ्जले औँल्याएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.