हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा हुने गरेको अपराध, लागुऔषध नियन्त्रण तथा अन्य गतिविधिलाई नियन्त्रण् गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै १ प्रहरी निरीक्षक सहित ७ प्रहरीलाई सम्मान गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७ प्रहरीलाई सम्मानित गरेको हो। ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत प्रहरी निरीक्षक देवराज काफ्ले सहित ईलाका प्रहरी कार्यालय पशुपतिनगरमै कार्यरत प्रहरी सहायक निरीक्षक दिपक सिंह ,१ प्रहरी हवल्दार र ४जवानलाई सम्मानीत गरेको हो।जिल्लामा हुने गरेको आपराधिक गतिविधि रोक्न र लागुऔषध नियन्त्रणमा सक्रिय भुमिका निर्वाह गरी मकवानपुर प्रहरीको मनोबल उच्च बनाएकोले प्रहरी निरीक्षक सहित ७ जना प्रहरीलाई सम्मानित गरिएको मकवानपुर प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्।सम्मान कार्यक्रममा प्रहरी निरीक्षक अमर प्रसाद गजमेर,राजकुमार सापकोटा लगायतको उपस्थितीे रहेको थियो ।








