चितवन। भरतपुर महानगरपालिका ९ गोन्द्राङमा सडकको नालिमा खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर ८ का ३६ वर्षिय राजु बिकको आज (बुधबार) बिहान गोन्द्राङ स्थित काँडाघारी टोलको भित्रि सडक छेउको नालिमा खसेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिकलाई साइकलसहित स्थानियले नालिमा देखेपछि प्रहरी टोलि घटनास्थलमा पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिए ।








