• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

इलाममा किसानको सूचीकरण गरिँदै

  •   शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    इलाम । असंगठित रहेका किसानका बारेमा विस्तृत जानकारी वेभ साइटमा राख्न र उनीहरूको पहिचानको लागि परिचय पत्र वितरणको लागि इलाममा किसान सूचीकरण थालिएको छ । पालिकामार्फत गणक परिचालन गरेर किसानको सूचीकरण थालिएको हो । इलामको दुई स्थानीय तहमा सूचीकरणको काम थालिएको छ भने दुई स्थानी तहमा चालु वर्षमानै सूचीकरण सुरु हुने भएको छ ।

    इलामको सूर्योदय नगरपालिका र इलाम नगरपालिकामा किसान सूचीकरण सुरु भएको छ । सूर्योदयको नगरपालिकाको ९ र १२ नम्बर वडामा र इलाम नगरपालिकाको २, ३, १० र १२ नम्बरमा वडामा किसान सूचीकरणको काम थालिएको छ । चालु वर्षमानै रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा किसान सूचीकरण सुरु हुने कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख टोनी वर्देवाले जानकारी दिए । ‘पालिकाले किसान सूचीकरणको लागि गणकको छनोट गरेपछि उनीहरूलाई तालिम गराएपछि काम सुरु हुन्छ’, वर्देवाले भने,‘कार्यक्रम सञ्चालनको लागि हामीले समन्वय गरिरहेका छौ ।’

    कार्यक्रम सुरु हुने कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख टोनी वर्देवाले जानकारी दिए । चार वर्षभित्रमा इलामको सबै किसानको सूचीकरण सक्ने गरी स्थानीय तह मार्फत किसान सूचीकरण थालिएको हो ।

    किसान र उनीहरूले गर्ने खेतीबाली विस्तृत विवरण संकलनको लागि संघीय सरकारले प्रत्येक स्थानीय तहमा चार/चार लाख रुपैयाँको दरले बजेट विनियोजन गरेको छ । चार वर्षमा सबै किसानको सूचीकरणको काम गर्नेगरि बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख वर्देवाले जानकारी दिएका छन् ।

    किसानको सूचीकरण गरेपछि किसानलाई परिचय पत्र नम्बर सहितको किसान परिचय पत्र वितरण गरिने भएको छ । किसानलाई स्थानीय तहले परिचयपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । यसअघि किसानको पहिचान खुल्ने कुनै प्रमाणपत्र किसानलाई दिइएको थिएन ।

    किसानको सूचीकरण मार्फत किसानको व्यक्तिगत विवरणदेखि जग्गा, खेतीबाली, पशुपालन, मत्स्यपालन सम्बन्धी विवरण संकलन हुने छ । किसानको विभिन्न किसिमको १७ वटा किसिमको विवरण संकलन गरिने छ । त्यसमा आधारभूत विवरण, पारिवारिक विवरण, खेत बारीको विवरण, जमिन करारमा लिए दिएको विवरण, कृषि व्यवसाय दर्तासँग सम्बन्धित विवरण, आय र खर्चको विवरण संकलन गरिने छ ।

    त्यस्तै बालीको उत्पादन सम्बन्धी विवरण, बालीको बजारीकण सम्बन्धी विवरण, कृषिमा मेसिनको प्रयोग सम्बन्धी विवरण, कृषि र पशुपालन सम्बन्धी संरचनाको विवरण, पशुपालन सम्बन्धी मेसिनको प्रयोग सम्बन्धी विवरण, ह्याचरी तथा मत्स्यपालन सम्बन्धी संरचनाको विवरण संकलन गरिने छ । त्यस्तै मत्स्य पालन सम्बन्धी मेसिनको प्रयोग, पशुपन्छी तथा मत्स्य उत्पादनको बजारको विवरण संकलन गरिने छ ।

    सूचिकृत किसानको विवरण वेभ साइटमा राखिने छ । वेभ साइटमा राखिएको किसानको विवरणले उनीहरूको वास्तविकता थापा पाउन सजिलो हुने इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपाल बताउँछन् । ‘सूचिकृत किसानको एक क्लिकमा सबै विवरण बुझ्न सकिन्छ, यसले किसानको श्रेणी विभाजन पनि हुन्छ’, इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले भने, ‘राज्यबाट किसानको लागि दिइने सेवा सुविधा वास्तविक किसानले पाउँछन्, अनुदान लगायतमा दोहोरोपन पनि हट्छ ।’

    सूचिकृत किसानले व्यवसाय घटबढ गरे सोही अनुसार आफ्नो विवरण अपडेट गर्न सक्छन् । एक पटक सूचीकरण भएका किसानले आफ्नो वडाको सिफारिस लिएर पालिकाको कृषि शाखा मार्फत विवरण अपडेट गराउन सक्नेछन् । वेभ साइटमा अपडेट भएको सूचना कृषि ज्ञान केन्द्रले प्रमाणित गर्नुपर्नेछ ।

    बिचौलियाको मारमा किसान
    भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.