काठमाडौँ । नेपालले मैत्रीपूर्ण खेलमा मरिससविरुद्ध जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले १-०को जित निकालेको हो ।
नेपालको जितमा फरवार्ड बिमल घर्तीमगरले एकमात्र निर्णायक गोल गरे । खेलको ५५औं मिनेटमा अन्जन विष्टले दिएको पासमा विमलले गोल गरेका हुन् । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन् ।








