भरतपुर । भरतपुर महानगरपालिका १ आँपटारीमा गाडीको ठक्करबाट जरायोको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति नम्बर नखुलेको गाडीको ठक्करबाट दियालो बङ्गला अगाडि जरायोको ज्यान गएको हो ।
मृत जरायोलाई जिल्ला वन कार्यालय चितवनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको पहिचान भएको छैन् ।








