चितवन । चितवनका विद्यालय तथा मनोरञ्जन क्षेत्र माघ महिनासम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ मसान्तसम्म सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, हाटबजार लगायत मानिसहरुको भिडभाड हुने सबै क्षेत्रमा सञ्चालन गरीने सबै कार्यक्रम माघ मसान्तसम्म निशेध गरिएको जनाएको छ ।
त्यस्तै विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु पनि सोही मितिसम्म सञ्चालन नगरी भरचुअल वा वैकल्पिक विधि अपनाएर कक्षा सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ । यस अघि प्रशासनले कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र रुपमा फैलिएको भन्दै गत माघ ३ गतेदेखि कोभिड नियन्त्रण गर्न जिल्लाभर आदेश जारी गरेको थियो ।
साविककै आदेशलाई अर्को आदेश जारी नभएसम्मका लागि उक्त नियम पालना गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।








