नवलपुर । नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत कर्मचारी बोकेको पीकअप भ्यान देवचुली नगरपालिका वडा नं.१७ झराही खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सुचना अधिकारी डिएसपी दिलीप गिरीले जानकारी दिए ।
सडक आयोजनाका कामदार बोकेको बा १४ च २९०६ नम्बरको पीकअप दुर्घटना हुँदा ८ जना कामदार घाईते भएका छन । पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको भ्यान विहान ७:३० वजे दुर्घटनामा परेको डिएसपी गिरीले बताए ।
घाईतेहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको छ । प्रहरीका अनुसार सबै घाइतेको अवस्था मध्यम रहेको छ ।








