चितवन । कोरोना संक्रमण दिनहुँ बढ्दै जाँदा जिल्लामा रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा भने दैनिक सेवाग्राहीको भिड रहेको देख्न सकिन्छ । कोरोना संक्रमण बढे संगै स्थानिय प्रशासनले २५ जना भन्दा वढि भेला हुन नदिन निर्देशन समेत जारी गरेको छ । स्थानिय प्रशासनको निर्देशन सेवा कार्यालयमा कार्यान्वयन नभएको देखिन्छ ।
भिड नियन्त्रण गर्न कार्यालयले टोक्कन प्रणाली सुरु गरेको भए पनि सेवाग्राहीको चाप भने रोकिएको छैन । कार्यालयले व्यवस्थापन गर्न नसक्दा कोरोनाको हट स्पोर्ट सेवा कार्यालय वन्न सक्ने खतरा देखिएको छ । यहाँ दैनिक सय देखि एक सय ५० भन्दा वढि सेवाग्राहीको भिडभाड देख्न सकिन्छ । यसलाई व्यवस्थापन गर्न कार्यालयले सकेको छैन । कार्यालयमा सेवा लिन आउनु भएका करण शाह यहाँको भिडभाड देखेर कोरोना सर्ने हो कि भन्ने चिन्तामा हुनुहुन्थ्यो ।
उहाँले भन्नुभयो “सेवा लिनु प¥यो । तर स्वास्थ्य मापदण्डको पालना गरेको पाईएन ।” सेवाग्राहीको चाप वढेको देख्दा आँफुलाई सेवा लिन समेत मन नलागेको उहाँको भनाई छ । कार्यालयका प्रमुख बिनोद पौडेलले इ टोक्कन प्रणालीलले काम नगर्दा सेवा ग्राहीको चाप वढेको बताउनुभयो । सेवा लिन आएकालाई सेवा दिनु प¥यो उहाँले भन्नुभयो ।
स्वास्थ्य मापदण्ड पालना गरेर काम गरिएको उहाँको भनाई छ । स्थानिय प्रशासनले दिएको निर्देशनमा सार्बजनीक स्थानमा जाँदा खोप काड अनिबार्य गरेको छ । तर यहाँ खोपकाडको कुनै वास्ता गरिएको छैन । न कुनै मापदण्ड न कुनै सुरक्षा सेवाग्राहीको चाप वढे पछि कार्यालयका कर्मचारीहरु समेत कोरोनाको त्रासमा सेवा दिई रहेका छन् ।









