चितवन । पूर्वी चितवनबाट सालको काठसहित तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले बागमती प्रदेश ०३-००१ च १३७१ नम्बरको गाडीमा लुकाई छिपाई तैयारी काठ ल्याउदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चालक रत्ननगर नगरपालिका ४ का ३३ वर्षीय राजकुमार मर्दनिया, राप्ती नगरपालिका १० का २० वर्षीय योगेन्द्र चेपाङ र कालिका नगरपालिका ११ का २१ वर्षीय रामलाल चेपाङ रहेका छन् ।
राप्ती ६ पम्फापुलमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा लुकाई छिपाई ल्याएको सालको चिरेको अन्दाजी २९ क्यूफिट काठ सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनीहरुलाई कारबाहीका लागी डिभिजन वन कार्यालय भरतपुरमा ल्याईएको प्रहरीले जनाएको छ ।








