हेटौंडा । हेटौंडा ल्याउँदै गरेको मरेको बोईलर कुखुरा नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय भीमफेदीले शुक्रबार काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ च ४१८० नंबरको पिकअप गाडीलाई चेकजाँज गर्ने क्रममा मरेको २५० वटा बोईलर कुखुरा फेला पारेको हो ।
उक्त मरेको कुखुरालाई हेटौंडा-८ कर्रास्थित अजय खड्काको खाली जग्गामा कोहीकसैलाई असर नपर्ने गरी भलाई कोष अध्यक्ष राजेन्द्र मैनालीको रोहबर, कुखुरा व्यवसायी संघ सदस्य राजकुमार श्रेष्ठ र कोषाध्यक्ष ऋषिराम दुलाल सहितको उपस्थितिमा खाल्डो खनेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।









