• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नालीमा फसेर गैंडा मर्नुमा निकुञ्ज र सडक डिभिजनको कमजोरी : छानविन प्रतिवेदन

  •   शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको छ । कानुनी प्रकृया पुरा नगर्दा र निर्माणाधीन योजनाको अनुगमन नहुँदा गैंडा अकालमै मर्न पुगेको सरकारी छानविन प्रतिवेदनले बताएको छ ।

    मृत्यु भएको गैंडाको विषयमा अनुसन्धान गर्न वन तथा वातावरण मन्त्रालयद्वारा गठित कार्यदलले २३ माघमा प्रतिवेदन बुझाएको हो । गोन्द्राङ टिकौली जंगलनजिक निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएको सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर ९ माघमा दुर्लभ एकसिंगे भाले गैंडा मरेको थियो ।

    उक्त घटनाको विषयमा रायसहितको प्रतिवेदन पेश गर्न मन्त्रालयले माघ ११ गते कार्यदल बनाएको थियो । वातावरणी प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्ने सडकको कामलाई प्रारम्भिक वातावरणीय परीक्षण (आईइइ)को प्रकृयामा लगिएकाे पाइएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए ।

    ‘१० किमीभन्दा बढी भएको भए ईआईए गर्नुपर्ने भएकाले त्यसलाई छल्नका लागि आईइइको प्रकृयामा हालिएको तर त्यसको पनि काम पुरा नभएको भन्ने छ’, उनले भने ।

    ईआईए गर्नुपर्ने काममा सडक डिभिजनबाट नियमको उल्लघंन भएको उनले बताए ।

    ‘अर्काे कुरा, त्यो कन्स्ट्रक्सनको बेला अनुगमन गर्नुपर्ने र प्राविधिक हिसाबले हेर्नुपर्ने कुरामा लापरबाही भयो । हेरिएन भन्ने विषय छ । निकुञ्जबाट त्यसको अनुगमन गर्नुपर्थ्याे । सुरक्षाकर्मीबाट हेर्नुपर्थ्याे । त्यो विषयमा कमी कमजोरी रह्यो भन्ने छ’, उनले भने ।

    लापरबाही गर्ने निकायले नै अनुसन्धान गर्दै

    व्यक्ति विशेषलाई कारबाही गर्नुपर्ने भनेर सिफारिस भने नभएको उनले बताए । व्यक्ति विशेषलाई कारबाहीका लागि निकुञ्जले गरेको अनुसन्धानका आधारमा हुने उनी बताउँछन् ।

    यस हिसाबले आफ्नो कमजोरीलाई लुकाएर निकुञ्जले अरुलाई नै कारबाही गर्न गर्न सक्ने आशंका बढेको छ । मध्यवर्ती क्षेत्रमा निर्माणाधीन पूर्वाधारको निकुञ्जले अनुगमन नगरेको प्रतिवेदनले बताएको छ ।

    त्यतिमात्रै नभएर लापरबाही गर्ने निकुञ्ज र सडकका कर्मचारीलाई निजामती सेवा ऐन अनुसार कारबाहीको लागि सिफारिस गरिएको छ ।

    ‘कानुनी कारबाहीका लागि छानविनको काम त बाँकी नै छ । त्यहाँको अनुसन्धान अधिकृतले गरिरहनु भएको छ । त्यो अनुसार हुने हो’, उनले भने । वन्यजन्तुमैंत्री पूर्वाधार बनाउने र समन्वयकारी ढंगले काम गर्नुपर्ने कुरालाई समेटेर कार्यदलले सुझाव दिएको छ ।

    कार्यदलमा वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसी, वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत पदमराज नेपाल थिए ।

    ठेकेदार पक्राउ परेनन्

    निकुञ्जले उक्त घटनामा ठेकेदार दोषी भएको भन्दै माघ १३ गते इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    ठेकेदार आफै सम्पर्कमा आएकाले पक्राउ नगरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताए । निकुञ्जका अनुसन्धान अधिकृत राजु घिमिरेले यस घटनाको विषयमा अनुसन्धान गरिरहेका छन् ।

    निकुञ्जको देवनगर पोष्टका तल्लो तहका कर्मचारीहरुले समयमा नै सडक विस्तारको अनुगमन नगरेको बताइएको छ । वन तथा वरण्डाभार क्षेत्रमा अण्डरपास वा ओभरपास बनाउने अवधारणा अझै पनि नहुँदा यस्ता दुर्घटनाहरु निम्तिने क्रम बढेको छ ।

    यसअघि निकुञ्जले नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ईआइए नगरिएको भन्दै तीन महिनासम्म काम रोकेको थियो ।

    अहिले सो सडकखण्डको विभिन्न ठाउँमा अण्डरपास बनाउने गरी संरचना तयार गरिंदैछ । तर निकुञ्ज प्रशासनको नाकै मुनि रहेको गोन्द्राङ–पुलचोक खण्डमा भने निकुञ्जले चासो नदिएको भन्दै निकुञ्जको आलोचना हुँदै आएको छ ।  कुलप्रसाद काफ्ले/न्युज कारखाना 

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.