• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

भरतपुरको फोहोर व्यवस्थापन गरिँदै

  •   शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन, कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ । दुई देशबीच सम्झौता गरी रु एक अर्ब २५ करोड ९११।१४ मिलियन अमेरिकी डलर० को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो । महानगरपालिकामा जनप्रतिनिधि आएसँगै फोहोर व्यवस्थापनका अध्ययन थालिएको थियो । महानगर प्रमुख रेनु दाहालका अनुसार कोरियाली सरकारको सहयोगमा पहिलो चरणमा महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना तयार गरिएको छ ।

    महानगरको फोहोर व्यवस्थापनका बारेमा विस्तृत अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो । दुई सरकारबीच ‘जीटुजी’ माध्यमबाट सम्झौता गरी काम अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । महानगरप्रमुख दाहालले भन्नुभयो, “ कोरियाली सरकार र नेपाल सरकारबीच केही दिनमै सम्झौता गरी काम अघि बढ्छ ।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्झौता गर्नुपर्ने हुन्छ । पालिकाले विदेशी सहायता र सहयोग सोझै ल्याउन नपाउने भएकाले मन्त्रालय चरणबाट काम गर्नुपर्दा केही ढिलाइ भएको चर्चा गर्दै उहाँले थप्नुभयो, “केही ढिलो भए पनि भरतपुर महानगरमा आधुनिक वैज्ञानिक ल्याण्डफिल्डसाइड बन्छ ।”

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुदत्त गौतमले सम्पूर्ण प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गएको डिसेम्बरमा काम सम्पन्न गर्ने तयारी थियो, कोभिडका कारण ढिलो भएको हो । केही दिनमा अर्थ मन्त्रालयले प्रक्रिया पूरा गरेर सम्झौता गर्ने भएको छ । ” कोरियाली सरकारले ल्याण्डफिल्ड साइड निर्माण गरी नेपाली कर्मचारीलाई तालिमसमेत दिएर परियोजना हस्तान्तरण गर्ने सहसचिव गौतमले जानकारी दिनुभयो ।

    यसले महानगरभित्रको सबै फोहोरको व्यवस्थापन गर्छ । उहाँले थप्नुभयो, “केही ढिलाइ भए पनि महत्वपूर्ण काम भएको छ ।” महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले वडा नं ११ को आँपटारीस्थित जलदेवी सामुदायिक वनभित्रको नौ दशमलव नौ हेक्टर जमिनमा आधुनिक ल्याडफिल्डसाइड बन्ने बताउनुभयो । सो ठाउँमा ल्याण्डफिल्ड साइड बनाउन सोधभर्ना जग्गा महानगरपालिकाले माडी नगरपालिका–१ मा खरिद गरिसकेको छ । यहाँ उपयोग गर्ने जग्गाभन्दा केही बढी जग्गा खरिद गरिएको हो ।

    सुवेदीको भनाइमा ल्याण्डफिल्डसाइड सम्पन्न भएसँगै समग्र महानगरको फोहोर व्यवस्थापन सहज हुनेछ । अधिकांश फोहोरलाई पुनः प्रयोग गरी व्यवस्थापन गर्नैपर्ने फोहोरलाई मात्रै व्यवस्थापन गरिने छ । महानगरमा अहिले दैनिक ७० टन फोहोर सङ्कलन हुने गर्दछ । अत्याधुनिक उपकरणको प्रयोग गरी ल्याण्डफिल्डसाइड व्यवस्थित गर्न लागिएको उहाँले जानकारी दिनुभयो । महानगरपालिकाको वातावरण शाखा प्रमुख ई विराट घिमिरेका अनुसार सात ठाउँमा फोहोर सङ्कलन स्टेशन खडा गरिने छ । ती ठाउँबाट फोहोर ओसार्नका लागि साधनको व्यवस्थापन यही परियोजनाअन्तर्गत गरिने छ । कूल सङ्कलन हुने फोहोरको १० प्रतिशतबाहेक अरु फोहोर पुनः प्रयोगमा आउने उहाँको भनाइ थियो ।

    दैनिक १०० टनसम्म फोहोरलाई व्यवस्थापन गर्नसक्ने गरी ल्याण्डफिल्डसाइड बनाउन लागिएको हो । शाखाप्रमुख घिमिरेले भन्नुभयो, “ कोरियालीसँगको सहकार्यमा नेपालमै यो हाम्रो परियोजना पहिलो हो ।” जनप्रतिनिधि आएसँगै भएको प्रयासबाट महत्वपूर्ण आयोजना सुरु गर्न लागिएको उहाँको भनाइ थियो । हाल महानगरपालिकामा वडा नं १ देखि ५ सम्म वेस्ट म्यानेजमेन्ट प्रालि र ७ देखि १२ सम्म वातावरणीय सुन्दर नेपाल प्रालिसँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

    बाँकी वडामा महानगरपालिकाले फोहोर व्यवस्थापन गरिरहेको छ । आयोजना सम्पन्न नभएसम्म निजी क्षेत्र र महानगर आफैँले फोहोरको व्यवस्थापन गर्ने शाखा प्रमुख घिमिरेको भनाइ थियो । कोरियाली सरकारको यो परियोजना सम्पन्न गर्न करिब तीन वर्ष लाग्ने अनुमान छ । हाल महानगरपालिकामा सङ्कलित फोहोरलाई भरतपुर महानगरपालिका–३ मा व्यवस्थापन हुदै आएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.