• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

ज्ञानोदय मावि कावासोतीमा सर्टिफिकेट माग्ने विद्यार्थीलाई प्रअकै धम्की, विद्यार्थी समस्यामा

  •   शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुर जिल्लाको कावासोती नगरपालिका वडानम्वर ८ मा अवस्थित ज्ञानोदय माविले विद्यार्थीहरुलाई सर्टिफिकेट नदिएर दुःख दिने गरेको छ । सभ्य भाषामा विद्यार्थीसँग कुराकानी गर्नु त परको कुरा गुण्डाशैलीमा उक्त विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले विद्यार्थीहरुलाई थर्काउने र धम्की समेत दिने गरेका छन् । उक्त विद्यालयबाट एसइई परीक्षा पास गरेर अन्यत्र कलेजमा अध्ययन गर्दै आइरहेका विद्यार्थीहरुलाई सर्टिफिकेट दिनबाट बन्चित गराइरहेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

    कावासोतीकै अर्कौ एक कलेजमा अध्ययनरत सोही विद्यालयबाट एसइइ दिएका विद्यार्थीले विगत चार महिनादेखि विद्यालय गएर एसइई पासको सर्टिफिकेट मागेपनि विद्यालयले नदिएको हो । ती विद्यार्थीले भने,“सरकारी विद्यालयमा पनि गुण्डाशैली जस्तैगरी विद्यार्थीलाई थर्काउने गरेका छन् । विद्यार्थीको अधिकार हो नि जहाँ मन लाग्यो त्यहाँ पढ्ने । तर विद्यालयले अर्को कलेजमा गयो भनेर सर्टिफिकेटनै दिएको छैन । ” ती विद्यार्थीले थपे,“प्रधानाध्यापकनै विद्यार्थीलाई थर्काउने र धम्की दिने गर्दछन् । ” विद्यार्थी र अभिभावक पटक पटक विद्यालय गएर विद्यार्थीले मागेपनि आफूले प्राप्त गर्ने सर्टिफिकेट विद्यालयले रोकेपछि अन्तै भर्ना भएका उनीहरु समस्यामा परेका छन् ।

    विद्यार्थीहरुले अन्य कलेजमा भर्ना फारम समेत भरिसकेका छन् । केहीले पैसा समेत तिरीसकेका छन् । तर ज्ञानोदयले भने विद्यार्थीहरुलाई यही पढ्न पर्ने र अन्त गए केही पनि नदिने धम्की दिँदै आइरहेका छ । विद्यार्थीहरुले हामीलाई दिएको प्राप्त भिडियोमा समेत विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले सर्टिफिकेट माग्न गएका विद्यार्थीहरुलाई थर्काएको सुनिन्छ । सर्टिफिकेट माग्न गएका विद्यार्थीलाई अभद्र शैलीमा उनी भन्छन्,“ बुझिस् । ल जा तिमीहरुले के के गर्न सक्छ गर । मिडिया ल्याराइज, कार्यालयमा जा । कुनै हालतमा यो वर्ष सर्टिफिकेट पाउँदैनस् । यही पढे पढ, नत्र कहिँ पढ्न पाउँदैनस् ल जा ।” उनी थप्छन्,“साइन्स पढेकालाई हामीले दिइराछौँ ।

    वाहानावाजी बनाएर केही पनि पाउदैनस् । नारायणगढ गएको कोही छ भने आइज, काठमाण्डौ गएको कोही छ भने आइज, ” भिडियोमा उनले भनेका छन् । यो कुनै शिक्षा क्षेत्रभन्दा बाहिरको व्यक्तिको भनाई होइन । एउटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले सर्टिफिकेट माग गर्न गएका विद्यार्थीहरुलाई दिएको अभिव्यक्ति हो । उनी अझै रोकिदैनन् , उनी भन्छन् ,“यहाँको तीन वटा कलेजमा पढ्ने हो भने कुनै हालतमा पाउदैनस् ल जा । जहा जहाँ गर भन्ने हो जा । जुलुस ल्याराइज जा…… ।” यता नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले एउटा शिक्षकले त्यसो भन्नुहुन्छ होला र ? भन्दै आश्चर्य व्यक्त गरे । उनले भने,“जबरजस्ती मेरै विद्यालयमा पढ भनेर कुन कानुनले भन्छ त्यस्तो ? विद्यार्थीको स्वतन्त्र अधिकार हुन्छ, विद्यालय कलेज छनौट गर्ने । सहजै सर्टिफिकेट दिनुपर्छ ।

    यहाँ गुनासो आए तुरुन्तै समस्या समाधान हुन्छ । त्यसरी रोक्न मिल्दै मिल्दैन । तर मेरो विद्यालयमा यो यो कारणले पढु्नु , यो यो सुविधा छ भन्न सक्नुहुन्छ” सिडिओ घिमिरे थप्छन्,“मेरोमा मात्रै पढ्नु भन्नु उहाँको मात्रै विद्यालय हो र ?” यता विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले भने आफूहरुले सर्टिफिकेट दिन नरोकेको दावी गर्छन् । उनले विद्यार्थीकै अभिभावकले लिखित रुपमै कक्षा १२ सम्म पढाउनेगरी कागज गरेको समेत बताए । विद्यार्थीनै ढिलागरी सर्टिफिकेट लिन आएको समेत उनको भनाई थियो ।

    तर विद्यार्थीले भने चार महिना अघिदेखि धाउँदा पनि नपाएको बताएका छन् । प्रमाणको रुपमा भिडियो सम्म खिच्न भ्याएको बताएका विद्यार्थीहरुले टिकटकमा समेत राखेका थिए । पछि केही शिक्षक ती विद्यार्थीको घरमै पुगेर भिडियो डिलिट गर्न लगाएको समेत दावी विद्यार्थीको छ । आफूहरुले सर्टिफिकेट पाउनुपर्ने र रोजेको विद्यालयमा पढ्न पाउनुपर्ने माग विद्यार्थीहरुको छ । करिव ६० देखि ७० विद्यार्थीले सर्टिफिकेट पाउनबाट बन्चित भइरहेको विद्यार्थीहरुले बताएका छन् । सर्टिफिकेट नपाउँदा पढाइबाट बन्चित हुनुपर्ने हो की भन्ने डर भएको र सोमवार सम्म पढेको विद्यालयमै फर्म भर्नुपर्ने वाध्यता रहेको विद्यार्थीहरुले बताएका छन् ।

    विद्यार्थीका अनुसार कतिसम्म भने फर्म भरिसकेको र जिल्ला समन्वयमा पठाइदिएको बताउँदै रकम समेत विद्यालयले माग गरेको बताएका छन् । “हामीहरु अन्तै पढीरहेका छौँ यता विद्यालयले फर्म भरेर पठाइसक्यौँ सर्टिफिकेट होइन पैसा लिएर आउनुस भन्दा रहेछन”् ती विद्यार्थीले भने । आफूहरुले सोमवार सम्म अहिले पढीरहेको कलेजमा फर्म भर्नुपर्ने र जसरी न्याय दिन माग गरिरहेका छन् ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.