• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

एमसीसीविरुद्ध चितवनमा प्रदर्शन: ‘राष्ट्रको अस्मिता मेटाउन पाइँदैन, लैजाउ तिम्रो एमसीसी हामीलाई चाहिँदैन’

  •   आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी) चितवनले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ । आइतबार दिउँसो एकीकृत समाजवादीले भरतपुरको चौबिसकोठीमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले ‘राष्ट्रको अस्मिता मेटाउन पाईँदैन, एमसीसी हामीलाई चाहिदैन’ भन्दै एमसीसीको विरोध गरेका थिए ।

    कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं भरतपुर महानगर कमिटी इन्चार्ज सूर्य लामिछानेले गण्डक, कोशी र टनकपुर सम्झौताको पीडा भोगिरहेको अवस्था एमसीसीको नाममा अर्को सम्झौता स्वीकार नहुने चेतावनी दिए । ‘हाम्रो नाकमा आज पनि गण्डक सम्झौता गनाईरहेको छ, कोशी सम्झौता कुहिरहेको छ, टनकपुर सम्झौता दुखिरहेको छ ।

    अर्को एउटा क्यान्सर हाम्रो अगाडि आउन लागेको छ’, उनले भने । एमसीसी सम्झौता गरेर राष्ट्रको अस्मिता बेच्न नपाईने उनको भनाइ थियो । उनले भने,’राष्ट्रको सम्झौता मेटाउन पाइँदैन, लैजाउ तिम्रो एमसीसी हामीलाई चाहिँदैन ।’ सरकारमा बसेर सरकारकै विरोध गरेको भन्ने आरोपप्रति लक्षित गर्दै उनले भने, ‘साम्राज्यवादी, बिस्तारबादीको विरोध गर्दा तिमीहरुको मन किन दुखेको हो ।’ पार्टीका जिल्ला कमिटी उपसचिव एवं मोर्चा संगठन संयोजक नरेन्द्र कन्दङ्ग्वाले नेपालको संविधान समाप्त गर्नका लागि अमेरिकी सरकारले एमसीसीको प्रयोग गर्न खोजेको दाबी गरे ।

    ‘नेपाली जनताको इच्छा र चाहनाले बनेको संविधान भित्र समाजवादी अर्थतन्त्र उन्मुख व्यवस्था गर्नुपर्छ भनेर अहिलेका नेताले एकताका साथ संविधान पास गरेका थिए । तर विश्वको पूँजीवादी देशहरुलाई नेपालको संविधान टाउको दु:खाई भएको थियो । त्यसैले नेपालको संविधानलाई कसरी हतियार बिना समाप्त गर्न सकिन्छ भनेर पैसाको लोभमा अमेरिकी सरकारले एमसीसीको प्रयोग गरेको छ, उनले भने, ‘एमसीसी लागु हुने बित्तिकै नेपालको संविधान समाप्त हुन्छ र अमेरिकी कानुन लागु हुन्छ ।’

    कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले एमसीसी पास गरेर चितवन आउने नेताहरुलाई काँडेतार लगाएर छेक्ने चेतावनी दिएका थिए । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध आज देशव्यापी रुपमा प्रदर्शन गरेको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.