चितवन । बिदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाइ शैक्षिक परामर्श दिँदै आएको श्रीज्मा एजुकेशन प्रालिले आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ। भरतपुरको नारायणगढ स्थिति सहिदचोकमा रहेको श्रीज्माले सोमबार एक कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो। सो अबसरमा उसले आफ्ना विद्यार्थी सहित अभिभावकलाइ समेत बिदेश अध्ययनको बारेमा जानकारि गराएको थियो।
कार्यक्रममा अस्ट्रेलियाको सिड्निसिटि कलेज र एसिआइसि कलेजका प्रतिनिधिहरुले विद्यार्थी र अभिभावकलाइ अस्ट्रेलियामा हुने अध्ययनको बारेमा जानकारि गराएका थिए। सिड्निसिटि कलेजकि प्रिन्सिपल रन्जु वाग्ले थापाले कलेजको बारेमा जानकारी गराउँदै अध्ययनको लागि अस्ट्रेलिया जान कसरी सम्भब हुन्छ भन्ने बारेमा जानकारि गराएकि थिइन।
एसिआइसि कलेजका नरेश थापाले कलेज र कलेजमा पढाइ गरिने बिषयको बारेमा जानकरि गराउँदै अस्ट्रेलियाको बारेमा प्रकाश पारेका थिए।उनले उक्त कलेज सिड्नि ,एडिलेड र डार्बिनमा रहेको र तिनका बिषेसताको बारेमा बताएका थिए। शैक्षिक भाषा मुल्यांकनको आधारमा उक्त कलेजहरुले बिध्यार्थिलाइ २० देखि ५० प्रतिशत सम्म छात्रावृद्धि प्रदान समेत गरेका थिए।
श्रीज्माले बिदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाइ परामर्श दिनुका साथै तयारि कक्षा पनि संचालन गर्दै आएको छ। आजको कार्यक्रममा बिध्यार्थि र अभिभावक गरि एक सयबढीले परामर्श लिएको श्रीज्माका प्रबन्ध निर्देशक जितेन्द्र पौडेलले बताए ।








