• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

चितवनको राप्ती नगरपालिका : एक सय बैठक र ८४० निर्णय, ९० प्रतिशत कार्यान्वयन

  •   बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र मेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन् । पाँच प्रतिशत कार्यान्वयनको चरणमा छन् भने पाँच प्रतिशत विविध कारणले कार्यान्वयन हुन सकेका छैनन् ।

    महिला प्रमुख रहेको यस नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरवासीले अनुभूति हुने गरी विकासका काम भएको जनप्रतिनिधिको भनाइ छ । प्रमुख प्रभा बरालका अनुसार विसं २०७४ को जेठ ८ गते पहिलो यही माघ २५ गतेसम्म १०० बैठक सम्पन्न भएका छन् । ती बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन भएको उहाँले बताउनुभयो । नगरपालिकामा जनताका कामलाई सहज, निष्पक्ष र छिटोछरितो प्रदान गरिँदै आएको छ ।

    जनताका सेवालाई सहज बनाउन एउटा नगरपालिका कार्यालय भवन, एक नगर सभाहल, एक अस्पताल, सात आधारभूत स्वास्थ्यचौकी, ११ वडा कार्यालय र २९ खोप केन्द्र निर्माण गरिएको बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संविधान संवत् ढङ्गले सबै कामलाई अगाडि बढाउन ६१ ऐन, नियम, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरिएको छ ।” नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने वडा नं १०, ११, १२ र १३ घर भएका चेपाङ बालबालिका पढ्नका लागि विभिन्न सङ्घसंस्था र सांसदसँग समन्वय गरी छात्रावास निर्माण गरिएको छ ।

    उहाँले भन्नुभयो, “हामी निर्वाचित हुँदा ९० प्रतिशत मात्र बालबालिका विद्यालय जाने अवस्थाबाट शतप्रतिशत विद्यालय भर्ना दर बनाएका छौँ ।” बालविवाह र विद्यालय छाड्ने दर घटाउन चेपाङ छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । एम्बुलेन्समार्फत नगरपालिकाभित्रका दीर्घरोगी, अपाङ्ग, अति वृद्धलाई निःशुल्क सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । आमा र बच्चाको वृद्धि विकास र स्वस्थ राख्नका लागि आमा पोषण कार्यक्रम सञ्चालन गरिएको छ ।

    नगरपालिकाका ५० सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम भएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत एसइई दिने विद्यार्थीलाई प्रमुख तीन विषयका लागि निःशुल्क कोचिङको व्यवस्था गरिएको छ भने नगरपालिकामा श्रवणशक्ति कमजोर भएका बालबालिकाका लागि कक्षा ८ सम्म विशेष कक्षा सञ्चालन गरिएको र आवासीय सुविधा दिइएको छ । नगरपालिकाले कक्षा १ देखि ५ र ६ देखि ८ सम्म दुई स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गराइएको छ भने नगरपालिकाको शैक्षिक बुलेटिन प्रकाशन गरिएको छ । नगरपालिकाअन्तर्गत शैक्षिक संरचना, स्वास्थ्य संस्था, कृषि पशु स्वास्थ्य संरचना, सामुदायिक भवन र नगर सभाहलसहित १२१ संरचना निर्माण गरिएको छ ।

    नगरपालिकाले नगर पार्शोचित्र, रणनीतिक योजना, वार्षिक बजेट र नीति तथा कार्यक्रमको पुस्तक प्रकाशनजस्ता काम गरेको छ । जनतालाई छिटो–छरितो र पारदर्शी ढङ्गले सेवा प्रदान गर्नका लागि राजस्व, पूर्वाधार योजना र लेखामा सफ्टवेयर तथा अनलाइनमार्फत काम गरिएको छ । प्रदेश सरकारको सहकार्यमा पशु आहार (दाना) उद्योग सञ्चालनमा ल्याइएको छ । देशभरिकै अति महत्वपूर्ण पशु चिकित्सकसहित पशुस्वास्थ्य अस्पताल निर्माण गरिएको छ । फोहोर व्यवस्थापन गर्ने गरी जापानिज संस्था र बागमती प्रदेश सरकार तथा नगरपालिकाको संयुक्त आयोजनामा प्राङ्गारिक मल उद्योग स्थापना गरिएको छ । नगरस्तरीय आयुर्वेद अस्पताल निर्माणको काम भइरहेको छ ।

    नगरपालिका र विभिन्न सङ्घ संस्थाको समन्वयमा तीन हजार ५०० भन्दा बढी युवायुवतीलाई रोजगारमूलक, उत्पादनमूलक, आयमूलक तालिम दिइएको छ । किसानलाई निःशुल्क प्राविधिक सेवा दिइएको छ । किसानको लागि सिँचाइ कुलो र साना सिँचाइ आयोजनामा डिपबोरिङको व्यवस्था गरिएको छ । किसानलाई आवश्यकताअनुसार कृषि औजार उपलब्ध गराइएको प्रमुख बरालले जानकारी दिनुभयो । यसैगरी पशुपालन गर्ने किसालाई दूध खेर जान नदिनका लागि राप्तीका छवटा दुग्ध सहकारी संस्थालाई क्रिम सेप्रेटर उपलब्ध गराइएको छ भने किसानलाई दूधमा अनुदान दिइँदै आएको छ । धेरैजसो किसानलाई मागको आधारमा च्यापकटर, काउम्याट, दूध दुहुने ठेकी वितरण गरिएको छ ।

    सबै दुग्ध सहकारी संस्थालाई मिल्क एनलाइजर उपलब्ध गराइएको छ । व्यावसायिक पशुपालक कृषकलाई दूध दुहुने मेसिन प्रदान गरिएको छ । राप्तीका सबै खोलामा बाढी आउँदा यहाँका खेती बगाउने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै नगरपालिकाले खोला तटबन्ध कार्यलाई पनि तीव्रताका साथ अगाडि बढाएको छ । दक्षिणतर्फ रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जनता र जङ्गली जनावरबीच द्वन्द्व न्यूनीकरणका लागि विभिन्न सङ्घ संस्था र सांसदको समन्वयमा पक्की पर्खाल निर्माण गर्ने कार्यक्रम भइरहेको छ । हालसम्म चार किलोमिटर यस्तो पर्खाल निर्माण गरिसकिएको प्रमुख बरालले बताउनुभयो ।

    पैदल हिँड्नुपर्ने पहाडी क्षेत्रका अधिकांश ठाउँमा सडक पु¥याइएको छ । ट्रयाक, ग्राबेल, उच्चस्तरको ग्राबेल, ढलान, कालोपत्रे र मोज्याक राख्नेजस्ता काम व्यापकरुपमा भएको उहाँले बताउनुभयो । कोरोना महामारीको समयमा नगरवासीलाई सुरक्षित राख्नका लागि विभिन्न कार्य गरिएको प्रमुख बरालले बताउनुभयो । उहाँका अनुसार सात एम्बुलेन्स परिचालन गरिएको थियो । महिलाका लागि तीन छुट्टै क्वारेन्टाइन बनाइएको थियो भने पुरुषका लागि आवश्यकताअनुसार क्वारेन्टाइन व्यवस्था गरिएको थियो । जिल्लामा पहिलो कोरोना सङ्क्रमित भेटिएको नगरपालिकाले उपचारका लागि आवश्यक सहयोग गरेको बरालले बताउनुभयो ।

    उहाँका अनुसार हालसम्म नगरभित्र एक हजार ५०० जनाको पीसीआर र एक हजार ६०० जनाको एन्टिजेन परिक्षण गरिएको छ । एकतीस हजारभन्दा बढीलाई कोभिडविरुद्धको खोप लगाइएको छ । विसं २०७२ मा आएको भूकम्पबाट प्रभावित धेरैजसोलाई राज्यबाट पाउने राहत उपलब्ध गराइसकिएको बरालले बताउनुभयो । अव्यवस्थित बसोबासी र भूमिहीनको अभिलेखीकरणको काम भइसकेको छ ।रासस

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.