चितवन । हिजो शुक्रबार साँझबाट अवरुद्ध भएको माडीको बिजुली आज ( शनिबार) पनि सुचारु नहुने भएको छ । हिजो करिब २, बजेबाट सुचारु भएको माडीको बिजुली साँझ ८ बजे पुनः अवरुद्ध भएको थियो ।
शनिबार बनकट्टा पोष्ट अन्तर्गत रिउ खोला नजिकको घोलमा फल्ट पत्ता लागे पनि त्यस मर्मतमा प्रयोग हुने किट उपलब्ध नहुँदा आईतबार २ बजेसम्म माडीको बिजुली अवरुद्ध रहने नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले जनाएको छ ।
आईतबार मर्मत कार्य भए लगत्तै दिँउसो करिब २ बजे विद्युत सुचारु हुने केन्द्रले जनाएको छ ।








