हेटौंडा । सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले हेटौंडामा सिठ्ठी जुलुस निकालेको छ । सरकारले संघीय सदनमा अमेरिकी सहयोग नियोग एमसीसी टेवल भएसँगै त्यसको विरोधमा उनीहरुले सोमबार हेटौंडामा प्रदर्शन भएको हो ।
उनीहरुले हेटौंडा बजार क्षेत्रमा एमसीसीको विरोधमा नाराबाजीसहित सिठ्ठी बजाएका थिए । उनीहरुले हेटौंडा बजार क्षेत्र समेत परिक्रमा गरेका थिए ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष श्रवण बर्तौलाका अनुसार पार्टी र संगठनको केन्द्रीय निर्देशन अनुसार एमसीसीको विरोधमा जुलुस निकालिएको हो । ‘एमसीसी राष्ट्रको हितमा छैन भन्ने हाम्रो ठहर हो । त्यसकारण हामीले विरोधमा विभिन्न कार्यक्रमहरु गरिरहेका छौं ।’, बर्तौलाले भने ।








