चितवन । चितवनमा (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसिसिको बिरोधमा गृहमन्त्री बालकृष्ण खाडको पुत्ला दहन गरिएको छ । आज (सोमबार) साझ अखिल क्रान्तिकारी बिरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा भरतपुरको बिरेन्द्र क्याम्पस गेट अगाडी पुत्ला दहन गरिएको हो ।एमसिसि पासको लागि सरकारमा पेश भएको भन्दै उनिहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा ‘राष्ट्रघाती एमसिसि चाँहिदैन, देश बेच्न पाइदैन, हाम्रो नेपाल हाम्रो देश प्राणभन्दा प्यारो छ, राष्ट्रघाती नेता मुर्दाबाद, भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रघाती एमसिसि फिर्ता गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारी बाग्मती प्रदेशका प्रमुख सुरज सिह ठकुरीले एमसीसि पारीत भए आफुहरुले जस्तो सुकै संघर्शका कार्यक्रम गर्न पनि तयार हुने बताए । उनले कुनैपनी हालतमा देशमा एमसिसि पारित गर्न नहुने बताएका थिए ।








