• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग

  •   बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकहरुले बताएका छन् । शुरुवाती चरणका लक्षणलाई वेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरुको भनाई छ ।

    भरतपुर अस्पतालका हेपाटोलोजिष्ट डा.रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने बताउनुहुन्छ । ठूलो समस्या आईसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उहाँको भनाई छ । नेपालमा कलेजो रोगको विषयज्ञ ज्ञान भएका कमै चिकित्सक रहेका छन् । यसै विषयमा डिएम गर्नुभएका श्रेष्ठले नेपालमा नौ जना मात्रै हेपाटोलोजिमा मात्रै डिएम गरेका चिकित्सक रहेको जानकारी दिनुभयो ।

    जिल्लामा आफू एकमात्रै चिकित्सक भएको उहाँको दावी छ । वीर अस्पतालबाट डिएम सकेपछि छात्रावृत्ति करारमा यहाँ आउनु भएका श्रेष्ठले आम नागरिकलाई रोगका लक्षण देखिएमा समयमै उपचार गर्न सुझाव दिनुभएको छ । बिहान बेलुकाको समयमा मौलाकालिका अस्पतालमा सेवा दिंदै आउनु भएका श्रेष्ठले भन्नुभयो “सामान्य लक्षणहरुलाई वेवस्ता गर्दा कलेजोको दीर्घरोग झेल्नुपर्ने अवस्था आउने गरेको छ ।” उहाँले अगाडि थप्नुभयो “कलेजो रोग लागेपछि लक्षणहरु देखिंएकै हुन्छन् । तर हल्का रुपमा लिंदा पछि गम्भीर बन्न सक्छ ।” सामान्य देखिएका लक्षणहरुलाई वेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उहाँको अनुभव छ ।

    उहाँले अगाडि भन्नुभयो “बिरामीले शुरुकै अवस्थामा गम्भीर रुपमा नलिंदाको परिणाम कलेजोको दीर्घरोग हुन्छ ।” सामान्य भाषामा भन्नु पर्दा जण्डिस (पहेँलो रोग) लागेर आँखा, शरीर पहेँलो हुने, खान मन नलाग्ने, थकाई लाग्ने, आलस्यता हुने कलेजो रोगका मुख्य लक्षणहरु भएको उहाँको भनाई छ । कलेजो रोग दीर्घरोगमा परिणत भईसकेको छ भने पेटमा पानी जम्ने, पेट फुल्ने, खुट्टा सुन्निने, रगत छाद्ने, बेहोस् हुने, अनुहारको रंग कालो हुँदै जाने, खान मन नलाग्ने जस्ता लक्षणहरु देखिन गरेको श्रेष्ठले बताउनुभयो ।

    कलेजो रोगबाट बच्नका लागि खानपिनमा विशेष ध्यान पु¥याउनु पर्ने बताउनुहुँदै उहाँले भन्नुभयो “पोषिलो खानेकुरा खानुपर्छ । सामान्यतया हाम्रो भान्सामा पाक्ने माछा, मासु, अण्डा, गेडागुडी, सागसब्जी, फलफूल, दाल भात तरकारीहरु सबै खान सकिन्छ । यस्ता खानेकुराले नै कलेजोलाई बलियो बनाउँछ ।” धुम्रपान, मद्यपान, लागुपदार्थ जस्ता वस्तुले कलेजोलाई हानि गर्ने भन्दै उहाँले भन्नुभयो “कलेजो रोगका बिरामीले यस्ता वस्तु बार्नै पर्छ, अर्थात् खानै हुँदैन । यी वस्तुको सेवनले कलेजोको दीर्घरोग बनाउँछ ।” मादक पदार्थको सेवनले अल्कोलिक लिवर डिजिज बनाउने र पछि गएर सिरोसिस (कलेजोलो कामै नगर्ने अवस्था) बन्ने श्रेष्ठको भनाई छ ।

    यस्तो अवस्थामा कलेजो प्रत्यारोपणको विकल्प नहुने श्रेष्ठको भनाई छ । बालबालिकामा पनि कलेजो रोग हुने भन्दै उहाँले अगाडि भन्नुभयो “जण्डिसका कारणले, जन्मजात पनि बालबालिकामा कलेजो रोग हुन सक्छ ।” बुढ्यौली उमेरमा धेरैजसो मादक पदार्थले गर्दा नै कलेजो बिग्रिन गरेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो “कतिपयमा कलेजोको क्यान्सर समेत हुन्छ ।” मादक पदार्थ सेवा नगर्नेहरुमा पनि कलेजोको सिरोसि हुन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो । उहाँले भन्नुभयो “त्यसलाई हामी नन अल्कोलिक फ्याटीलिवर डिजिज भन्दछौं ।

    जाँड रक्सी नखाने मानिस तर कलेजोमा बोसो जमेर सिरोसिस हुन सक्छ ।” मोटोपन, मधुमेह, उच्च रक्तचाप भएकाहरु, केलेस्ट्रोलको मात्रा बढी भएकोमा पनि कलेजोको रोग देखिन सक्ने उहाँको भनाई छ । समय समयमा कलेजो विशेषज्ञलाई परीक्षण गराएर आफ्नो कलेजोको अवस्थाबारे जानकारी लिईरहनु राम्रो हुने उहाँको सुझाव छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.