हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट उपसभापति पदमा कठायत र लामिछाने विजयी भएका हुन् ।
रातिअवेर सम्पन्न मतगणनाबाट उपसभापतिमा निर्वाचित भएका कठायतले ६ सय ११ र लामिछानेले ६ सय ६ मत प्राप्त गरेका छन् । यसैगरि उपसभापतिका अन्य प्रत्यासीहरुमा रामबाबु बानियाँले ४ सय ८७, भिम लामाले ४ सय ६३ र रमेश गिरीले ३ सय ५३ मत प्राप्त गरेका छन् ।








