हेटौंडा । मकवानपुर प्रहरी हेटौंडा भन्सार छलीका कपडा बरामद गरेको छ। मंगलबार हेटौंडा १० स्थित पुर्वपश्चिम लोकमार्ग सडक किनारबाट भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेको कुर्तासुरुवाल, सुरुवालको थानको कपडा, टावेलसहित कपडा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।
पक्राउ पर्नेमा पर्सा बीरगंज महानगरपालिका वडा नं ३ बस्ने १९ वर्षीय तवकिर जोगी र बीरगंज महानगरपालिका वडा नं २ बस्ने १८ वर्षीय निराज आलम रहेका छन् ।
उनीहरुले भन्सार छली गरेर ल्याएको कपडा १ लाख ५ हजार ७ सय मुल्य बराबरको रहेको प्रहरी निरीक्षक सापकोटाले बताए । कपडा सहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जनाएको छ ।








