हेटाैंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका-९ स्थित खैराङमा झाेलुङ्गे पुलकाे शिलान्यास गरिएकाे छ । डन्टारदेखि काेटेबाङ जाेड्ने १२० मिटर लम्बाईकाे झाेलुङ्गे पुलकाे शनिबार बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका हुन् ।
करिब ५८ लाख लागतमा निर्माण हुने झाेलुङ्गे पुल अबकाे ८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेकाे छ । झाेलुङ्गे पुलकाे शिलान्यास गर्दै राज्यमन्त्री प्रजाले विकट गाउँकाे विकासमा स्थानीय र प्रदेश सरकार जागरुक बनेकाे बताए । मुलुककाे विकासमा कांग्रेस नै अपरिहार्य रहेकाे अाम नागरिकले महसुस गरिसकेकाे भन्दै अबकाे स्थानीय तहकाे निर्वाचनमा हरेक ठाउँमा कांग्रेसलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे ।
डन्टार काेटेबाङ झाेलुङ्गे पुल उपभाेक्ता समितिका अध्यक्ष केशव प्रजाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, राक्सिराङ-९ का अध्यक्ष रामकुमार वाल्पा थिङ, पुल निर्माणमा प्राविधक तथा सामाजिक सहयाेग गर्ने राडाे नेपालका प्रतिनिधि राजन दाहाल, कांग्रेस ९ नम्बर वडा सभापति शिवकुमार मल्ललगायतकाकाे अातिथ्यता रहेकाे थियाे ।








