हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सडकखण्डबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका वडा नम्वर ८ बस्ने २६ वर्षीय अमृत सुनार र खैरहनी नगरपालिका वडा नम्वर ७ बस्ने २७ वर्षीय किसन विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार, शुक्रबार हेटौंडा–१० स्थित संकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्दा डायजेपाम १७ एम्पुल, फेनर्गन १९ एम्पुल र नोफिम १५ र खैरो हिरोईन जस्तो देखिने पदार्थ २४० मिली ग्राम बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।








