• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कांग्रेस, माओवादी र एकीकृत समाजवादी नेताका अभिव्यक्तिले चुनावी गठबन्धन नै अन्योलमा

  •   मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । ‘व्याख्यात्मक घोषणा भनेर दुईवटा पन्ना टाँसिदिएपछि उहाँहरू (माओवादी केन्द्र र नेकपा एस)ले मान्नुभयो । दुईवटा पन्ना पनि एमसीसीमा सम्झौताभित्र जे छ, त्यही छ त्यहाँ । एमसीसी सम्झौताभित्र जे छ नि, एमसीसी सम्झौताभित्र इंग्लिसमा छ । व्याख्यात्मक घोषणा इंग्लिस र नेपालीमा छ । व्याख्यात्मक घोषणा भनेपछि उहाँहरूले मानिदिनुभयो, मानिदिनेलाई पनि धन्यवाद, व्याख्यात्मक घोषणा टाइप गर्ने साथीहरूलाई पनि धन्यवाद ।’

    गृहमन्त्री बालकृष्ण खाँणको यो अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालमा चर्चामा छ । गृहमन्त्रीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउने अवस्थामा पुगे रु भन्नेबारेमा व्याख्या गरिरहँदा हलमा कार्यकर्ताको हाँसो गुन्जयमान हुन्छ ।

    ‘वास्तवमा व्याख्यात्मक घोषणामा उल्लेख भएका कुरा पहिले नै सम्बोधन भइसकेका कुरा हुन्, तथापि अंग्रेजीमा लेखिएका कुरालाई अहिले नेपालीमा उल्था गरेर व्याख्यात्मक टिप्पणी भनेर सार्वजनिक गरिएको छ,’ कांग्रेस नेता मिनेन्द्र रिजालले सार्वजनिक रूपमै भनिसकेका छन् ।

    १८ फागुनमा रिजालले ‘व्याख्यात्मक टिप्पणी सरकार (माओवादी केन्द्र र नेकपा एस) मा बसिरहने बाटो’ मात्र रहेको प्रतिक्रिया दिएका थिए । सोही दिन विराटनगरमा रिजालले भने, ‘व्याख्यात्मक टिप्पणीले एमसीसीलाई परिमार्जन पनि गर्दैन र अमेरिकाले यसलाई हेरेर मान्छु वा मान्दैनौं भनेर भन्नु पनि पर्दैन, कम्युनिस्ट राजनीतिबाट यहाँसम्म आइपुगेका नेताहरूको सम्मान जोगाइदिनुपर्ने भएकाले मात्र व्याख्यात्मक टिप्पणी आएको हो ।’ माओवादी केन्द्र र नेकपा एसको देउवा सरकारमा उपयोगिता सकिनेबित्तिकै गठबन्धनको औचित्यसमेत नहुने उनको भनाइ थियो ।

    यी त उदाहरण मात्र हो । माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म गठबन्धन गर्ने एकतर्फी अभिव्यक्ति दिइरहेका बेला सत्तारुढ कांग्रेसका नेताहरूको भने एमसीसीदेखि चुनावी गठबन्धनसम्मलाई लिएर फरक फरक धारणा सार्वजनिक गरिरहेका छन् ।

    २७ माघको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शेखर कोइरालाले कसैसँग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत राखेका थिए । सो बैठकअघि माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका कोइरालाले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रने जनाउँदै कांग्रेसका नेता तथा कार्यकर्ताले रुखबाहेक अन्यत्र मत हाल्न नसक्ने प्रस्ट्याएर आएको जानकारी दिएका थिए ।

    सभापतिमा पराजित कोइरालाले चुनावी अन्य दलसँग कांग्रेसको गठबन्धन हुन नसक्ने विषयलाई विराटनगर पुगेर फेरि दोहोर्‍याए । २१ फागुनमा ‘वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनले ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्र हो’ भनेर निर्वाचनमा एक्लै जाने विषयमा कार्यकर्तालाई आश्वस्त पारेका थिए । कांग्रेस नेता कार्यकर्ताको मनस्थितिबारे कोइरालाले थप भनेका छन, ‘जिल्ला जिल्लामा नेताहरू एक्लै लड्नुपर्छ भनिरहेका छन, कांग्रेसको सिद्धान्त कम्युनिस्टहरूलाई भोट हाल्ने होइन, कांग्रेस प्रदेश, संघ वा स्थानीय चुनावमा एक्लै लड्छ ।’

    उपसभापति धनराज गुरुङले विराटनगरमा माओवादी केन्द्र र नेकपा एसलाई ‘हात्तीको कानमा बस्न आएको चमेरो’को संज्ञा दिँदै कांग्रेस कार्यकर्ता र मतदाताले ‘रुखमा बाहेक अन्त भोट नहाल्ने’ बताएका थिए । ‘नेपाली कांग्रेस भनेको हात्ती हो, कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ । तर हात्तीको ठूलो कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेरा (माओवादी र नेकपा एस)हरू निवेदन दिइरहेका छन्, हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ,’ गुरुङको यो व्यंग्य चर्चित हुन पुगेको थियो ।

    कांग्रेस महामन्त्री गगन थापाले पनि २७ फागुनमा चितवन पुगेर घोषणा गरे, ‘देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिनु पर्दछ भन्ने लाग्दैन, रुखलाई छाडेर अर्को चुनाव चिह्नमा भोट हाल्नु पर्दछ भन्नेतर्फ लागे हाम्रो तागतमा ठूलो ह्रास आउँछ, यो सिंगो कांग्रेसजनलाई अन्याय हुन्छ ।’ कांग्रेस महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिँदा नै थापा ‘कांग्रेसलाई एक्लै चुनाव लडन सक्ने बनाउन’ भनेर पर्चा छापेर मत मागेर विजयी भएका नेता हुन् । महाधिवेशनताकादेखि नै गठबन्धनको विपक्षमा उभिएका थापालाई कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले समर्थन गरेर विजयीसमेत बनाएका थिए ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाहेक दोस्रो तहका अधिकांश नेताहरूले गठबन्धनको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिएको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्तिसमेत जनाएका छन् । कांग्रेसका दोस्रो तहका नेताहरूले निरन्तर रूपमा चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिएपछि गत २५ फागुनमा बाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूमाथि ‘अपमान’ गर्ने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

    गठबन्धन नगर्ने भनेर कांग्रेसका नेताहरूले ‘अपमानित गर्ने गरेको’ भन्दै आक्रोश पोखेका प्रचण्डले माओवादी एक्लै चुनाव लड्न सक्ने तर्कसम्म गर्न भ्याएका थिए । ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा कांग्रेस १० सिट तल हो, त्यही पार्टीलाई उचालेर सिंहाशनमा लगेर राखिएको छ, अहिले उसैले हामीलाई अपमानित गर्ने रु यस्तो अपमान सहन सकिन्नँ,’ प्रचण्डले आक्रोश पोख्दै माओवादीसँग एजेन्डा र मुद्दा भएकाले एक्लै लडन सक्ने क्षमता रहेको दाबी गरेका छन् । उनले ‘कांग्रेस र नेकपा एमाले विचार शून्य’ रहेकाले एजेन्डाविहीन हुँदा माओवादीलाई एक्लै चुनाव लड्न सजिलो भएको तर्कसमेत गरेका थिए ।

    कांग्रेस नेताहरूले ‘सत्तामा बस्नका लागि’ एमसीसीको व्याख्यात्मक घोषणा मात्र गरेको निरन्तर आरोप लगाइरहेपछि प्रचण्डले सोही दिन त्यसबारे थप स्पष्टीकरण दिएका थिए । ‘मलाई प्रधानमन्त्री (देउवा)ले अब म केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्छु भनेपछि मैले व्याख्यात्मक घोषणाको उपाय निकालेको हुँ,’ प्रचण्डको भनाइ थियो ।

    ठूला वामपन्थी शक्तिहरू विभाजित भएको अवस्थामा कांग्रेस पहिलो पार्टी बन्ने आंकलन गरेर स्थानीय तहको निर्वाचनको तयारीमा देश दौडाहामा हिँडेका कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मले माओवादी केन्द्र र नेकपा ९एस०को गठबन्धनप्रति अनिच्छा व्यक्त गर्दै कांग्रेस एक्लै निर्वाचनमा होम्मिने जनाउँदै आएका छन् ।

    माओवादी र नेकपा एस० का नेताले स्थानीय तहदेखि केन्द्रीय तहसम्म गठबन्धन गरेर चुनाव लड्ने अभिव्यक्ति दिइरहँदा कांग्रेस नेताहरूले फरक फरक धारणा सार्वजनिक गरेपछि सभापति देउवाले २४ फागुनमा निर्देशन नै दिनुपरेको थियो । स्थानीय निर्वाचन लक्षित एक महिने अभियानबारे प्रशिक्षण कार्यक्रमलाई सानेपामा सम्बोधन गर्दै देउवाले भनेक थिए, ‘गठबन्धनलाई बिच्काउने गरी अभिव्यक्ति नदिऊ, उनीहरूलाई अपमान गर्नुहुन्न, हाम्रो गठबन्धन कायमै छ ।’

     

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.