हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वती बस्ने २२ को सन्देश ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
ब्लोनलाई विशेष सूचनाको आधारमा पुगेको अस्थायी प्रहरी पोष्ट हरीयाली मकवानपुरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण बिकको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध लागूऔषधसहित पक्राउ गरेको प्रहरी निरीक्षक दासले बताए ।
प्रहरीले ब्लोनको घरमा चेकजाँच गर्ने क्रममा दराज र प्लङमा लुकाई छिपाई राखेको लागुऔषध ट्रामा १ हजार ४० ट्याबलेट, नाईट्रोभेट ५२५ ट्याब्लेट र मोरेक्स १० बोतल बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी निरीक्षक दासले बताए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।








